डडेल्धुरामा एकिकृत निःशुल्क स्वास्थ्य शिविर संचालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

डडेल्धुरामा एकिकृत निःशुल्क स्वास्थ्य शिविर संचालन

विमल जैरु
डडेल्धुरा, १ फाल्गुन

डडेल्धुराको नवदुर्गा गाउँपालिकाले एकिकृत निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । गाउँपालिकाले निःशुल्क स्वास्थ्य सेवा संचालन गरेपछि स्थानीय लाभनन्वित भएका छन् । गाउँमै उपचार सेवा पाएपछि सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको स्थानीयको भनाई छ ।

नवदुर्गा गाउँपालिकाले शिविरमा जनरल स्वास्थ्य जाँच, जेष्ठ नागरिकको आखाँ, महिलाको पाठेघर, दन्त उपचार, प्रयोगशाला, फामेर्सि, युएसजि लगायतका सेवा निःशुल्क संचालन गरेको हो । गाउँपालिकाका अध्यक्ष कविन्द्र बिष्ट आफंै विरामीको सेवामा खटिनु भएको छ । २४ वर्ष सम्म सिनियर अहेवको रुपमा काम गर्नुभएको अध्यक्ष विष्ट बिरामीको सेवामा खटिनु भएको हो ।

सो गाउँपालिकामा महिलाहरुमा पाठेघर खस्ने समस्या धेरै छ । त्यस्तै ज्येष्ठ नागरिकमा प्रेसर, स्वासप्रश्वास, मधुमेह र आखाँको समस्या धेरै हुने गरेको स्वास्थयकर्मीको भनाई छ । निःशुल्क स्वास्य शिविर संञ्चालन भएपछि गाउँपालिकाका स्थानीय खुसी भएका छन् । सानो तिनो बिरामी भएपनि सदरमुकामका अस्पताल धाउनुपर्ने बाध्यता हटेको छ ।

निः शुल्क स्वास्थ शिविर प्रत्येक वडामा २ दिन सञ्चालन हुने छ । शिविरमा अहिलेसम्म तीन हजार भन्दा धेरै सेवाग्राहीले सेवा लिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);