डा. केसीलाई अस्पतालमा भर्ना | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

डा. केसीलाई अस्पतालमा भर्ना

dr kc

इलाम, १ माघ ।  स्वास्थ्यमा समस्या आएपछि अनसनरत डा. गोविन्द केसी अस्पताल भर्ना भएका छन्। श्वासप्रश्वासमा समस्या तथा मुटुको गतिमा गडबडी आएपछि उनलाई सोमबार बिहान इलाम जिल्ला अस्पताल सारिएको हो ।

डा. केसीको दाहिने फोक्सोमा हावा कम भएर बेला–बेला मुटु तेज धड्किने तथा रोकिने भएकाले अस्पताल लगिएको चिकित्सक रामकृष्ण आचार्यले बताए ।

आइतबार नै गरिएको परीक्षणमा डा. केसीको मुटुको गति अनियमित भइ अस्पताल लैजानुपर्ने अवस्था आएपनि उनी अस्पताल जान मानेका थिएनन् । यो समाचार आजको हिमालय टाइम्समा छापिएको छ ।

डा केसीको रक्तचाप बढ्नुका साथै फोक्सोमा सङ्क्रमण बढ्दै गएको र मुटुको गति पनि अनियमित भएर शिथिल भएपछि अस्पताल भर्ना गरिएको डा केसीका वार्ता टोली सदस्य अधिवक्ता डा सुरेन्द्र भण्डारीले बताए । अस्पताल भर्ना गरिएपनि डा केसीले औषधि भने लिन मानेका छैनन् ।

वार्ताटोली सदस्य भण्डारीका अनुसार केसीको अवस्था नाजुक बन्दा पनि सरकारले वास्ता नगरेको बताए । डा केसी चिकित्सा शिक्षा विधेयक जनताका पक्षमा हुनुपर्ने, १५औँ अनसनका क्रममा सरकारले गरेको सहमति कार्यान्वयन हुनु पर्नेसहितका छ बुँदे माग राखेर इलाममा यही पुस २५ गतेदखि अनसनमा छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);