आज माघे संक्रान्ति, देशै भरि मनाउँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

आज माघे संक्रान्ति, देशै भरि मनाउँदै

maghi-sankranti

काठमाडौं, १ माघ । माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले चिनिने नेपालको एक प्रमुख चाड हो । यो माघ महिनाको पहिलो दिन पर्दछ ।

ज्योतिष शास्त्रनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ’मकर संक्रान्ति’ पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि साउने संक्रान्ति र मकर राशि माघे संक्रान्ति प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ ।

यो दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्द तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने गर्दछ । माघे र मकर संक्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाइन्छ यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गङ्गा सागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ ।

भविष्य पुराण, विष्णुवचन तथा धर्मसिन्धु लगयतका ग्रन्थमा यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी भइने विस्वास रहि आएको छ ।

तराइमा भने मैथिल र थारुसमुदायहरुले बडो सद्भावका साथ यो चाड मनाउने गर्दछन् । थारु समूदायमा यो दिन नयाँ वर्षका रुपमा मनाईन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);