रिडीमा तीन दिने माघे संक्रान्ति मेला सुरू | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

रिडीमा तीन दिने माघे संक्रान्ति मेला सुरू

काठमाडाैं, १ माघ । पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रुरु क्षेत्र धाम रिडीमा बिहीबारदेखि तीन दिने माघे संक्रान्ति मेला लागेको छ । परम्परादेखि नै कालीगण्डकी रुरु क्षेत्रधाम रिडीमा जेठी, माईली र कान्छी संक्रान्तिको रुपमा धार्मिक मेला लाग्दै आएको छ ।

यस बर्ष कोरोना भाईरसका कारण विशेष मेला नभएपनि धार्मिक मेला भने रोकिएन । रुरु क्षेत्र धाम रिडीमा भक्तजनहरु बिहानै देखि स्नान गर्न र ऋषिकेशको दर्शनका लागि जुटेका छन् ।

माघे संक्रान्तिको अवशरमा काली गण्डकीमा स्नान गर्नाले अन्जानमा गरेका सम्पुर्ण पाप नाश हुने, मृत्युपछी स्वर्गमा बास हुने जनबिश्वास रहेको पाईन्छ । मेलामा भिडभाड भएपनि भक्तजनहरुले कोरोनाको कुनै प्रभाव नगरी रुरु क्षेत्र कालीगण्डकीमा स्नान तथा दर्शन गर्न जुटेका हुन् ।

रुरु क्षेत्रधाम नेपालको चार धाम मध्ये एक भएकोले यसको विशेष धार्मिक महत्व रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);