माघे संक्रान्तिको अवसरमा 'हाम्रो टिम नेपाल'द्वारा खानेकुरा वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

माघे संक्रान्तिको अवसरमा ‘हाम्रो टिम नेपाल’द्वारा खानेकुरा वितरण

काठमाडौं, १ माघ । रोजगारविहिन भएर सडकमा भौतारिईरहेका व्यक्तिहरुलाई हाम्रो टिम नेपालले माघि पर्व तथा माघे सक्रान्तीको अवसरमा खानेकुरा वितरण गरेको छ ।

बिहिबार थापाथलीमा रोजगारीविहिन भई भौतारिइरहेका व्यक्तिहरुलाई माघे सक्रान्तीको अवसरमा हाम्रो टिम नेपालले खानेकुरा वितरण गरेको हो । दजनौँको संख्यामा उपस्थित व्यक्तिहरुलाई सेलरोटी, चाकु, तरुल, खिचडी, घिउ लगायतको खानेकुरा खुवाईएको थियो ।

हुनेखानेले मात्रै होईन, नहुनेका लागि पनि चाड मनाउनको निम्ति रोजगारी गुमेकाहरुलाई माघे सक्रान्तीको अवसरमा सकेको सहयोग गरेको हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले बताउनुभयो ।

रोजगारी नपाएको तथा दैनिक जिवनयापनमा समेत अप्ठ्यारो परिस्थिति आएको भन्दै आफुहरु हाम्रो टिम नेपालले खानेकुरा वितरण गरेको ठाउँमा आएको रविन्द्र दाहालको भनाई छ । सरकारले रोजगारविहिन नागरिकलाई हेरचाह गर्नुपर्ने उहाँले बताउनुभयो ।

हाम्रो टिम नेपालले बेलाबेलामा रोजगारविहिन व्यक्तिहरुलाई यसरी खानेकुरा वितरण गर्दै आएको छ । आगामी दिनमा पनि विभिन्न चाडपर्वको अवसरमा यसरी नै खानेकुरा वितरण गरिने जनाईएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);