खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भनेपनि खाना खुवाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भनेपनि खाना खुवाइयो

काठमाडाैं,२ मंसिर । काठमाडौं महानगरपालिकाले मंगलवारदेखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भनेपनि हाम्रो टीम नेपालले खाना खुवाएको छ ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी मंसिर २ गतेदेखि खुलामञ्चमा खाना नखुवाउने भनिएपनि खानाका लागि लामबद्ध भएर बसेपछि खुवाउन बाध्य भएको हाम्रोटीम नेपालका अध्यक्ष विमल पन्तले बताउनुभयो ।

प्याकेटमा खाना वितरण गर्न खोजेको तर मानिसहरु खुलामञ्चमा नै लामबद्ध भएर बसेपछि पुरानै तरिकाले खाना वितरण गर्न बाध्य भएको पन्तको भनाइ छ ।
खाना खान आउने मानिसहरु भने खुला मञ्चमा खाना वितरण गर्ने कार्यलाई महानगरपालिकाले रोक्न लागेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

उनीहरुले की काम देउ होइन भने खान देउ भन्दै खाना खुवाउने कार्यक्रमलाई नरोक्न माग गरेका छन् । हाम्रो टीम नेपालले गत चैत ११ गते देखि लकडाउन भएपछि खान खान नपाएर समस्यामा परका व्यक्तिहरुलाई चैत १४ गते देखि खाना खुवाउँदै आएको छ । काठमाडौं महानगरपालिकाले अव्यवस्थित रुपमा खाना खुवाउँदा संक्रमण फैलने डर भएको व्यवस्थित ठाउँमा खाना खुवाउन सक्दो सहयोग गर्ने महानगरपालिकाले बताउँदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);