खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियान तिहारपछि बन्द हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियान तिहारपछि बन्द हुने

काठमाडौं, २१ कार्तिक । खुलामञ्च लगायतका सार्वजनिक स्थानमा निःशुल्क खाना खुवाउने अभियान तिहारपछि बन्द हुने भएको छ ।

खाना खुवाइरहेका अभियन्ता र काठमाडौं महानगरपालिकाबीच मंसिर २ गतेबाट सार्वजनिक स्थानमा खाना नखुवाउने सहमति भएको हो ।

शुक्रबार काठमाडौं महानगरपालिका र नि:शुल्क खाना खुवाउने विभिन्न संघसंस्थाका प्रतिनिधिबीच भएको सहमतिअनुसार खाना खुवाउने संस्थाले भाइटीकाको दिनसम्म खाना खुवाउने वैकल्पिक स्थानको खोजी गर्नुपर्नेछ ।

सार्वजनिक ठाउँमा खाना खुवाउन नपाए पनि बन्द कोठा वा वैकल्पिक ठाउँको पहिचान गरी निःशुल्क खाना खुवाउने अभियान चलाउन पाउने सहमति भएको छ । यसका लागि महानगरपालिकाले सहयोग र समन्वय गर्ने छ । 

सार्वजनिक ठाउँमा भिडभाड हुँदा कोरोना भाइरस सङ्क्रमणको जोखिम झनै बढेको भन्दै वैकल्पिक व्यवस्था गर्न लागिएको हो ।  

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);