नेकपाका महासचिव पौडेल र कार्यकारी अध्यक्ष दाहाल बीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेकपाका महासचिव पौडेल र कार्यकारी अध्यक्ष दाहाल बीच भेटवार्ता

काठमाडाैं,२ मंसिर । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला नेकपाका महासचिव एवं अर्थमन्त्री बिष्णु पौडेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसंग भेटवार्र्ता गर्नुभएको छ ।

मंगलबार ललितपुरको खुमलटारस्थित दाहाल निवासमा भएको भेटमा बुधबार बस्ने सचिवालय बैठक र अघिल्लो बैठकमा दाहालले पेश गरेको प्रस्तावबारे छलफल भएको बताइएको छ ।

गत शुक्रबार झण्डै ४० दिनपछि बसेको सचिवालय बैठकमा अध्यक्ष दाहालले १९ पृष्ठ लामो प्रस्ताव पेश गर्नुभएको थियो ।

जसमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सरकार र पार्टी सञ्चालन दुवैमा असफल भएको उल्लेख छ । तर ओलीले उक्त प्रस्तावलाई आफूमाथिको गलत अारोप भएको बताउँदै आउनुभएको छ । त्यसैगरी नेकपाका वरिष्ठ नेता माधव कमार नेपाल र बामदेव गौतमले समेत ओलीलाई आफ्नो कार्यशैली सच्याउन सुझाव दिइसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);