४ लाख २८ हजार नगदसहित २६ जुवाडे पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

४ लाख २८ हजार नगदसहित २६ जुवाडे पक्राउ

सिन्धुपाल्चोक, २ मंसिर । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाबाट जुवातास खेलिरहेको अवस्थामा २६ जनालाई पक्राउ गरिएको छ । ४ लाख २८ हजार नगद सहित मेलम्ची नगरपालिकाको दुईवटा वडाबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

मेलम्ची नगरपालिका वडा नम्बर ८ मा रहेको चुलनाथ गिरीको घरबाट जुवा खेलिरहेको अवस्थामा नगद रु १ लाख ४ हजार ५सय ८५ रुपैयाँ सहित छ जनालाई नियन्त्रणमा लिएको हो भने मेलम्ची नगरपालिका वडा नम्बर ५ सिन्धुकोट मा रहेको लोकबहादुर रायमाझिको घरमा अवैधरुपमा जुवा खेलिरहेको अवस्थामा नगद रु तीन लाख २३ हजार ३ सय ४५ सहित २० जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो ।

तामाङको कमाण्डमा खटिएको टोलीले ३२ थान कौडा सहित ५ बुक तास पनि बरामद गरिएको छ । ती स्थानहरु अवैधरुपमा जुवातास खेलिरहेको छ भन्ने खबर प्राप्त हुनासाथ तामाङको कमाण्डमा गएको टोलीले बिहान साढे १ बजेको समयमा मेलम्ची नगरपालिका ८ केउरानी बाट र बिहान साढे ३ बजेको समयमा मेलम्ची नगरपालिका ५ सिन्धुकोटबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

चाडबाडको समयमा जुवातास नखेल्ने, होहल्ला नगर्ने, भीडभाड नगर्ने भनेर सार्वजनिक सूचना जारी गर्दा समेत त्यसलाई बेवास्ता गरी जूवा तास खेलेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक तामाङले बताउनुभयो । पक्राउ परेकाहरूकाे जुवा सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान भईरहेको तामाङले जानकारी दिनुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);