'हाम्रो टीम नेपाल'ले सुरु गर्‍यो न्यानो कपडा वितरण | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

‘हाम्रो टीम नेपाल’ले सुरु गर्‍यो न्यानो कपडा वितरण

काठमाडौं, ८ मंसिर । कोभिड–१९का कारण रोजगारी गुमाएपछि भोकै परेका मानिसहरुलाई खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले खाना खान आउनेहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

सोमबार थापाथली स्थित प्रसूति गृह पछाडि खाना खान आएका मानिसहरुलाई हाम्रो टीम नेपालले जाडोयाममा लगाउने न्यानो कपडा वितरण गरेको छ । ट्राउजर, थर्मकोट लगायतका न्यानो कपडा वितरण गरिएको हाम्रो टीम नेपालले बताएको छ ।

न्यानो कपडा पाएपछि खाना खान आउने व्यक्तिहरु खुशि भएका छन् । हरेक व्यक्तिको पीडालाई बुझेर चिसोमा न्यानो कपडा वितरण गरेकोमा उनीहरुले हाम्रो टीम नेपालप्रति खुशि व्यक्त गरेका हुन् ।

हाम्रो टीम नेपालका उमेश बोहराले विभिन्न संघ संस्था, व्यक्तिहरुको सहयोगमा आठ महिना यता खाना खुवाउँदै आएको बताउनुभयो । अहिले भने चिसो बढेका कारण वभिन्न व्यक्तिको सहयोगमा न्यानो कपडा वितरण गरिएको बताउनुभयो ।

कोभिडका कारण गत चैत ११ गते देखि लकडाउन भएपछि रोजगारी गुमाएर खाना खान नपाएका व्यक्तिहरुलाई हाम्रो टीम नेपालले निःशुल्क खाना खुवाउँदै आएको छ ।

यस अघि खुल्ला मञ्चमा खाना खुवाउँदै आएको यो समूहले काठमाडौं महानगरपालिकाले वैकल्पिक ठाउँको व्यवस्था गरिदिएपछि यही मंसिर ३ गते यता थापाथली स्थित प्रसूति गृहको पछाडिको खुल्ला ठाउँमा खाना खुवाउँदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);