गर्भवती तथा सुत्केरी महिलाहरुलाई पोषणयुक्त खानेकुरा वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

गर्भवती तथा सुत्केरी महिलाहरुलाई पोषणयुक्त खानेकुरा वितरण

मोरङ, १५ फागुन । मोरङको बेलबारी नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाहरुलाई पोषणयुक्त खानेकुरा वितरण गरेको छ । नगरपालिकाको ११ वटै वडाहरुका १ सय ४५ जना गर्भवति तथा सुत्केरी महिलाहरुलाई पोषणयुक्त खाद्यसामग्री वितरण गरिएको हो ।

कोरोना महामारीका कारण विषेशगरी सुत्केरी तथा गर्भवती महिला, जेष्ठ नागरीक र बालबालिकालाई बढी असर परेकाले पोषणयूक्त खाना नगरका सबै बडामा बितरण गरेको नगरपालिकाले जनाएको छ ।

नगरले गर्भवति तथा सुत्केरी महिलाहरुलाई पहिलोचोटी बच्चा र आमा दुबैलाई हुने पोषणयूक्त खाना र कपडा बितरण गरेकोमा स्थानीय खुसी भएका छन् । नगरपालिकाका १ सय ४५ जना गर्भबती महिला र १ सय १७ जना जेष्ठ नागरीकलाई पोषणयुक्त खाना र न्यानो कपडा बितरण गरिएको हो ।

नगरको कार्यक्रम पछाडी परेका गर्भवती तथा सुत्केरी महिला र जेष्ठ नागरीकको लागि फलदायी हुने स्थानीयको विश्वास छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);