पोसिलो खानेकुरासहित सुत्केरी भेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पोसिलो खानेकुरासहित सुत्केरी भेट

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेकी सुत्केरी सलिता भण्डारी बिहीबार १६ दिनको नवजात शिशुलाई दुध चुसाइरहेकी थिइन् । त्यहीबेला गाउँघरका महिलाको टोली पोषिलो खानेकुरासहित सलिताको घरमा पुगे ।

टोलीमा कसैले चामल बोकेका थिए, कसैले फलफूल र गेडागुडीको पोको बोकेका थिए । ‘सुत्केरी भेट’ कार्यक्रम अन्तर्गत स्वास्थ्यचौकी खाल्ले र स्थानीय पञ्चरंगी आमा समूहको सहकार्यमा महिलाको समूहले सुत्केरीलाई पोषिलो खानेकुरासहित भेटघाट गरेका हुन् ।

उनीहरूले आफ्नो गाउँठाउँमा उपलब्ध हुने कुखुराकाे भाले, चामल, दाल, सागपात, अण्डा, मुन्टा, गुन्द्रुक, केरा लगायतका पोषिलो परिकार संकलन गरेर सुत्केरीलाई प्रदान गरेका छन् । आमा समूहमा आवद्ध महिलाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्यलाभको कामना गरे अनि आमा र नवजात शिशुको स्वस्थ स्वास्थ्यका लागि सावधानीका उपायबारे सल्लाह दिएर फर्किए । 

२४ वर्षीया भण्डारीले पहिलो सन्तानलाई जन्म दिएकी हुन् । सुत्केरी भेटका क्रममा वडाध्यक्ष डिल्ली चाम्लिङ, स्वास्थ्यचौकी खाल्लेका अनमी हिरामाया दाहाल, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहका सदस्य लगायत पुगेका थिए । सुत्केरी अवस्थाका आमाका लागि आवश्यक पोषणयुक्त खानेकुराको अभाव पुर्ती गर्दै आमा र बच्चाको स्वस्थ स्वास्थ्यका लागि खाल्लेमा २०७६ चैतदेखि पोषिलो खानेकुरा लिएर ‘सुत्केरी भेट’ गर्ने कार्यक्रम सुरु गरिएको स्वास्थ्यचौकी खाल्लेका एचए सन्तोष भट्टराईले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);