विपन्न परिवारमा जुम्ल्याहा शिशु जन्मिए, आमा र शिशुको स्याहारमा समस्या | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

विपन्न परिवारमा जुम्ल्याहा शिशु जन्मिए, आमा र शिशुको स्याहारमा समस्या

लमजुङ। सुन्दरबजार नगरपालिका- ३ च्यानपाटा नजिकैको डाँडागाउँस्थित एक परिवारमा दुई महिनाअघि जन्मिएका जुम्याहा शिशुसँगै आमाको स्याहारसुसार र पोषणमा समस्या भएको छ । डाँडागाउँमा बस्दै आएका शिशुकी सुष्मा र बाबु विजय सुर्खेतीको आर्थिक कमजोर भएका कारण जुम्ल्याहा शिशु र आमाको उचित स्याहारसुसार र पोषणमा समस्या परेको हो।

दुई महिना घि सुष्माले जुम्ल्याहा छोरा जन्माएकी थिइन्। उनीहरूले आमाको दुध पर्याप्त नआएकाले ल्याक्टोजिन खुवाउँदै आएका थिए। अब उनीहरूसँग भएकाे पैसा सकिएकाेले ल्याक्टाेजिनसम्म खुवाउन नसक्ने अवस्था आएकाे हाे। एक प्याकेट ल्याक्टोजिनको साढे सात सय रुपैयाँ पर्ने र त्यसले दुई बच्चालाई मुस्किलले तीन दिन पुग्ने आमा सुष्माले बताइन। उनका अनुसार बच्चाहरूको पोषणमा मात्रै एक महिनामा करिब साढे सात हजार रुपैयाँ खर्च लाग्छ। गाउँमै ज्याला मजदुरी गर्दै आएका विजयको सुत्केरीलाई आवश्यकताअनुसार पोषिलो खाना र शिशुहरूलाई दुधजन्य पोषण खुवाउन नसकेको दुःखेसो गरे । बच्चा जन्मिएको भोलिपल्टदेखि नै स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि पोखरास्थित गण्डकी अस्पताल लगिएकोमा आफूले जोहो गरिराखेको ५० हजार सकिएकाे बताए। भएकाे रकम सुत्केरी खर्च र उपचारमा सकिएपछि अहिले आमा र बच्चाको स्याहारसुसार र पोषणमा समस्या भएको उनकाे भनाइ छ। उनीहरूलाई स्थानीय सहयोग जुटाएर खाना र स्याहारको व्यवस्था गरे पनि पर्याप्त नभएको पूर्वशिक्षक डिल्लीबहादुर रम्तेल बताउँछन् । स्थानीयले पाँच हजार रुपैयाँ सहयोग गरेकोमा त्यसले केहीदिन खानाको व्यवस्था भएको उनी बताउँछन्।

दोर्दी गाउँपालिकाको श्रीमञ्ज्याङस्थित आफन्तहरूले पनि सहयोग जुटाएर केहीदिन अघि १२ हजार रुपैयाँ दिएको शिशुका बाबुले बताए। यस्तै सहयोगले अहिलेसम्म जसोतसो सुत्केरी श्रीमती र छोराहरूलाई ल्याक्टोजिन खुवाउँदै आएको उनले बताए। सात महिनामै जन्मिएकाले जुम्ल्याहा बच्चालाई जोगाउन अझै बढी स्याहार सुसार गर्नुपर्ने आमा सुस्माले बताउँछिन् । बेँसीशहर नगरपालिका- ६ सारिङ स्थायी घर भएका विजयले तनहुँ पुर्कोटकी सुष्मासँग विवाह गरेको र अहिले डाँडागाउँस्थित खिमबहादुर मजाकोटीको खाली घरमा बसिरहेका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);