देशका हिमाली र उच्च पहाडी जिल्लाका विभिन्न स्थानमा हिमपात | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

देशका हिमाली र उच्च पहाडी जिल्लाका विभिन्न स्थानमा हिमपात

काठमाडाैं,२ मंसिर । देशका हिमाली र उच्च पहाडी जिल्लाका विभिन्न स्थानमा हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन पनि प्रभावित भएको छ। हुम्ला, डोल्पा, मुस्ताङ र गोरखाको उत्तरी क्षेत्रमा हिउँ परेको छ । लुम्बिनी प्रदेश अन्तर्गत पूर्वी रुकुमको उत्तरगंगा गाउँपालिकामा पनि हिमपात भएको जनाइएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात हुने जनाएको छ ।

आज सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशका बिभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली भई केही वर्षा तथा हिमपात भएको छ ।

हिमपातका कारण मनाङ जिल्लाको तापक्रम सोमबार माइनस ८ डिग्रि सेल्सियसमा झरेको थियो । त्यसैगरी मुस्ताङको जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, चराङ, मराङलगायत बस्तीमा हिमपात भएको छ ।

हिमपातसँगै खोला, पँधेरा र धारामा पानी जमेको छ । सडकमा सवारी साधन आवतजावतमा समेत समस्या भएको जनाइएको छ । त्यसैगरी हिउँले चरन क्षेत्र पुरिएपछि स्थानीयवासीले पशुचौपायालाई गोठमै बाँधेर राख्न थालेका बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);