अनामनगरस्थित सार्वजनिक जग्गाबाट हाम्रो टिम नेपाललाई हटायो महानगरले, दर्जनबढी स्वयम्सेवकहरु प्रहरी नियन्त्रणमा (फाेटाेफिचर) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अनामनगरस्थित सार्वजनिक जग्गाबाट हाम्रो टिम नेपाललाई हटायो महानगरले, दर्जनबढी स्वयम्सेवकहरु प्रहरी नियन्त्रणमा (फाेटाेफिचर)

काठमाडौं । हाम्रो टिम नेपालले सञ्चालन गर्दै आएको खाना बनाउने स्थानलाई काठमाडौं महानगरपालिकाले हटाएको छ ।

हाम्रो टिम नेपालले अनामनगरस्थित रहेको सार्वजनिक जग्गामा निषेधाज्ञाको समयमा भोकभोकै परेका मजदुरहरुलाई खाना खुवाउने गरेको थियो । सो जग्गाबाट सोमबार महानगरपालिकाले हाम्रो टिम नेपाललाई हटाएको हो ।

प्रहरीले बलपूर्वक टिमका सदस्यहरुलाई त्यहाँबाट हटाएको छ भने हाम्रो टिम नेपालले बनाएको टहरापनि भत्काएको छ । काठमाडौं महानगरपालिकाको अनुमती विना सार्वजनिक जग्गा अतिक्रमण गरी त्यहाँ बसेको र महानगरपालिकाको आदेश अनुरुप त्यहाँबाट हटाइएको काठमाडौं महानगरपालिकाका नगरप्रहरी दिनेश अर्यालले बताए ।

जग्गा खाली गराउने क्रममा प्रहरीले दर्जनबढी स्वयंसेवकहरुलाई नियन्त्रणमा समेत लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);