शुल्क लिएर खोप लगाउने भन्दै ठगी गरेमा उजुरी गर्न मन्त्रालयको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

शुल्क लिएर खोप लगाउने भन्दै ठगी गरेमा उजुरी गर्न मन्त्रालयको आग्रह

swasthya-mantralaya

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कसैले शुल्क मागेर कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भन्दै ठगी गरेका उजुरी गर्न आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै कसैले शुल्क लिएर खोप लगाईदिने भन्दै ठगेमा तुरुन्तै स्थानीय प्रशासन वा मन्त्रालयमा उजुरी गर्न आग्रह गरेको हो ।

सरकारले कोरोना विरुद्धको खोप निशुल्क वितरण गरिरहेको जानकारी गराउँदै उमेर समुह तथा अत्यावश्यक क्षेत्र अनुसारले पालै पालो खोपको वितरण हुँदै आईरहेको समेत स्पष्ट पारेको छ ।

आफ्नो पालो कुरेर सरकारले दिएको निशुल्क लिन र पैसा तिरेर किन्ने हतारमा ठगीको शिकार नबन्न मन्त्रालयले अनुरोध गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);