रुरु क्षेत्र धाम रिडिमा मंगलवारदेखि माघे सक्रान्ती मेला शुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

रुरु क्षेत्र धाम रिडिमा मंगलवारदेखि माघे सक्रान्ती मेला शुरु

पाल्पा, १ माघ । पाल्पा, गुल्मी र स्याङ्जाको संगम स्थल रुरु क्षेत्र धाम रिडिमा मंगलवारदेखि माघे सक्रान्ती धार्मिक मेला शुरु भएको छ । कालीगण्डकी रुरु धाम क्षेत्रमा स्नान गर्ने र ऋषिकेश देवताको दर्शनको लागि भक्तजनहरुको भिडभाड बढेको हो ।

रुरु क्षेत्रमा भगवान विष्णुको रुपमा हृषिकेश साक्षत रुपमा आफै उत्पत्ति भएको भनाई रहेको छ । माघे सक्रान्तीको दिन काली गण्डकीमा स्नान गर्नाले मानिसले अन्जानमा गरेका सम्पुर्ण पाप नास हुने जनबिश्वास रहेको पाईन्छ ।

कालीगण्डकीमा परापुर्वकाल देखि नै जेठी, माईली र कान्छी सक्रान्तीको रुपमा धार्मिक मेला लाग्दै आएको छ । मेलामा रुकुम, रोल्पा, डोल्पा, मनाङ, मुस्ताङमा उत्पादित काम्लो, कम्मल, राडी, पाखी, बाँसबाट उत्पादित बिभिन्न किसिमका घरेलु समानहरु बिक्रिका लागि राखिएको छ । त्यसैगरी, पाल्पाको सुन्तला, काजु लगायतका सरसमानहरु पनि रिढी मेलामा देखिन्छ ।

धार्मिक मेलामा नेपालसंगै छिमेकी मुलुक भारत उत्तर प्रदेश, महाराष्ट्रसम्मका धर्मालम्बीहरु पनि रुरु क्षेत्रधाम रिडिमा स्नानको लागि आएका छन् । मेला माघ ५ गते सम्म चल्ने आयोजकले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);