इलामको माइबेनीमा लागेको मेला सकियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

इलामको माइबेनीमा लागेको मेला सकियो

इलाम, २ माघ । माघे संक्रान्तिको अवसरमा इलामको माइबेनीमा लागेको मेला सकिएको छ ।

इलामको माई र जोगमाई खोलाको दोभानमा पर्ने माईबेनीमा आइतबारबाट लागेको मेला आज सकिएको हो । तीन दिनसम्म लागेको मेलामा स्नान गर्न भक्तजनको घुइचो लागेको थियो ।

माईखोलामा स्नान गर्दा पाप हरण हुने धार्मिक विश्वास रहेको छ । मकर स्नान गर्न पाँचथर, ताप्लेजुङ, तेह्रथुम तथा सीमावर्ती भारतको दार्जिलिङ, सिक्किम, मिरिकबट पनि भक्तजनहरु आउने गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);