ऐतिहासिक रामघाट मेला भर्न दर्शनार्थीको घुईचो | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

ऐतिहासिक रामघाट मेला भर्न दर्शनार्थीको घुईचो

ramghat mela

सम्भु माली
कपिलवस्तु, ७ मंसिर
। कपिलवस्तुकै ऐतिहासिक र ठूलो रामघाट मेला भर्न प्रत्येक बर्ष जस्तै यस बर्ष पनि निक्कै टाढा–टाढाबाट श्रद्धालु भक्तजनहरु आएका छन् । धार्मिक दृष्टिकोणले महत्बपुर्ण मानिने बाणगंगा नदीको रामघाटमा मेला भर्न साँझै आएका हजारौं भक्तजनहरुले बिहानै रामघाटमा स्नान गरी नजिकैको रामजानकी मन्दिरमा पुजाआजा गरेका छन ।

कपिलवस्तुको ऐतिहासिक र ठूलो रामघाट मेला भर्न र पुजा गर्नका लागि दर्शनार्थीको घुईचो बिहान देखि दिउँसो अबेर सम्म लाग्दछ । यस्तै जिल्लाका सय बढी साधु जोगी पनि मेलामा भेला भएका छन् । मन्दिर वरिपरी र नदी किनारमा रात भर साधु जोगीहरुले जाग्राम बसी भजन, किर्तन र चुड्का भनेर रमाईलो गरेका थिए ।

भागबानले बाण हानेर पानी निकालेको हुदाँ यस ठाउँको नाम रामघाट रहन गई धार्मिक तीर्थस्थल भएको संस्कृतीका जानकारहरुको भनाइ रहेको छ । मेलाका दिन बिहानै स्नान गरी घाट किनार र रामजानकी मन्दिरमा पुजाआजा गर्नाले मनोकांक्षा पुरा हुने र पाप काटनी हुने धार्मिक जनबिश्बास भएकाले मेलामा भीड बढेको स्थानियको भनाइ छ । यस्तै नदी किनारमा स्नान गर्नाले पुण्य प्राप्ती हुने धार्मिक विश्वास रहेको छ ।

त्रेता युगमा भगबान राम बनबास जाने क्रममा सीतालाई पानी प्यास लागेको बेला लक्ष्मणले बाँण हानी नदी निमार्ण गरेको बिश्वासबाट यस नदीको नाम बाणगंगा नदी रहन गएको हो । बाण नदीको यसै घाटमा राम भगवानले नुहाउने भएकोले यो घाटको नाम रामघाट हुन गएको कथन छ । पानी प्यास लागे पछि बाण हानेर पानी निकालेको धार्मिक जन बिश्बास रहेको छ ।

कार्तिक महिना भगवान बिष्णुको महिना मनिएकोले यस महिनामा दान पुन गरेमा एक सय गुण बढी फल पाईने धार्मिक मान्यता रहेको छ । कार्तिक शुक्ल पुर्णिमाको दिन राम घाट कुम्भमा नुहाउने र गौ दान गर्नले गरेको पाप कटने र आउने दिन राम्रो हुने धार्मिक बिश्वास रहेको बताए ।

पौराडिककाल देखी नै राम घाट नदीमा नुहाई पुजाआजा गर्नाले मनोकांक्षा पुरा र गरेको पाप काटने हुने धार्मिक जनबिश्बास रहेको बताएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);