चितवनको देवघाटमा सोमबारे साउने मेला सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चितवनको देवघाटमा सोमबारे साउने मेला सुरु

चितवन, ६ साउन । चितवनको देवघाटमा सोमबारे साउने मेला सुरु भएको छ । कालिगण्डकी र त्रिशुलीको संगम वेणीमा स्नान गर्नाले पुण्य प्राप्त हुनुका साथै चर्म रोगसमेत निदान हुने जनविश्वासका कारण देवघाटधाममा स्नान गर्नेको भीड लाग्ने गरेको हो ।

साउने मेला भर्न देशका विभिन्न भागका साथै भारतबाट समेत भक्तजन आउने गरेका छन् । पहेँलो वस्त्र लगाएर खाली खुट्टामै भक्तजन बोल ऊं मेला भर्न आएका छन् ।

साउनको हरेक सोमबार निराहार बर्त बसी बिहान सवेरै स्नान गरेर बेलपत्र तथा गङगाजल शिवमन्दिरमा चढाउने गरिन्छ । धर्मशास्त्रमा साउन महिनालाई वर्षकै सबैभन्दा चोखो महिनाका रुपमा समेत लिने गरिएकाले साउनमा पूजाआजा गर्दा पूण्य मिल्ने विश्वास गरिन्छ ।

मेलामा चितवन, नवलपरासी, रुपन्देही, मकवानपुर, लमजुङ्ग, लगायत भारतका लाखाैं भक्तजनहरु जल भर्ना तथा चढाउन आउने गर्दछन् । यस्तै भारतबाट समेत खाली खुट्टामा मेला भर्न आउँछन् ।

साउन महिना भरि गरेर देवघाटमा दुई लाख ५० हजार बढी भक्तजनहरु आउने अनुमान गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । नदीमा पानीको बहाव बढेकाले कुनै दुर्घटना नहोस् भनेर व्यवस्थापनका लागि स्वयंसेवक खटाइएको र डुंगासमेत राखिएको समितिले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);