नारायणगढ–मुग्लिन सडकखण्ड चार दिनका लागि चौबिसै घण्टा खुला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नारायणगढ–मुग्लिन सडकखण्ड चार दिनका लागि चौबिसै घण्टा खुला

चितवन, ३० पुष । रातमा छ घण्टा बन्द हुने गरेको निर्माणधिन नारायणगढ–मुग्लिन सडकखण्ड शनिबारदेखि चौविसै घण्टा खुला भएको छ ।

रातिको समयमा छ घण्टा गाडी रोकेर सडक चौडा पार्ने काम चलिरहेको उक्त सडकखण्ड चार दिनका लागि चौबिसै घण्टा खुला गरिएको हो । सडक चौबिसै घण्टा खुला गरिएसँगै सवारीसाधनको चाप बढेको ट्राफिक प्रहरीले जनाएको छ । चाप बढ्दा ट्राफिक जाम पनि बढेको छ ।

थारुको माघी पर्व शुरु भएको र माघे संक्रान्तिमा चितवनको देवघाटमा मेला भर्न देशैभरिबाट भक्तजन आउने भएकाले माघ २ गतेसम्मका लागि सडक खुला गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । सडक खण्डमा यही पुस १८ गतेदेखि राति १० बजेदेखि बिहान ४ बजेसम्म आवागमन बन्द गरेर भित्तो काट्ने काम भइरहेको थियो । सडक खण्डमा अझै ३० प्रतिशत काम बाँकी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);