केसीलाई आइसियुमा राख्न विशेषज्ञको सुझाव | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

केसीलाई आइसियुमा राख्न विशेषज्ञको सुझाव

dr govinda kc

इलाम, ३ माघ ।  विगत आठ दिनदेखि सत्याग्रहमा रहेका डा. गोविन्द केसीलाई आइसियु (इन्टेन्सिभ केयर युनिट) मा राख्न विशेषज्ञ टोलीले सुझाव दिएको छ। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएको विशेषज्ञ टोलीले बुधबार अपराह्न ३ः५० बजे इलाम अस्पतालमा डा. केसीको स्वास्थ्य परीक्षण गरेको थियो।

उनको स्वास्थ्य अवस्था अत्यन्त जटिल देखिएकाले आइसियुमा राख्न टोलीले सुझाव दिएको हो। डा. केसीको शरीरमा अक्सिजनको मात्रा ८० प्रतिशतसम्म कम हुँदै गएको, श्वासप्रश्वासमा समस्या रहेको र मुटुको चाल ३५ देखि दुई सयसम्म पुगेको टोली प्रमुख तथा प्रतिष्ठानका सहनिर्देशक डा. विकास साहले जानकारी दिए। ‘डा. केसीको शरीरमा ग्लुकोजको मात्रा पटकपटक कम भएर ५० भन्दा तल पुगेको छ,’ उनले भने, ‘तर डा.केसीले ग्लुकोज लिन अस्वीकार गर्नुभएको छ।’ डा. केसीलाई जुनसुकै बेला जे पनि हुनसक्ने भएकाले तत्काल आइसियु भएको सुविधासम्पन्न अस्पतालमा लैजानु आवश्यक देखिएको उनले बताए।

चिकित्सकका अनुसार डा.केसीको मुटु, घाँटी, फोक्सो, पेटलगायतमा समस्या देखिएको छ। शरीरमा पानीको मात्रा कम भइ टाउको दुख्ने, हातखुट्टा बाउँडिने समस्या देखापरेको र अनशनका कारण हानिकारक रसायनहरू किटोएसिड र ल्याक्टिक एसिड बढेको विशेषज्ञ टोलीको रिपोर्टमा उल्लेख छ। ‘शरीरमा प्रोटिन घटेर ३.३ ग्राम प्रतिडिएल पुगेका कारण खुट्टा सुन्निन थालेको छ। संक्रमणबाट बचाउने सेतो रक्तकोशिका निकै कम हुँदै गएको छ,’ रिपोर्टमा उल्लेख छ, ‘शरीरमा पानीको मात्रा कम हुँदा मृगौलाले काम गर्न छाडेको छ।’

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);