डा. केसी आईसियुमा भर्ना, स्वास्थ्य अवस्था स्थिर | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

डा. केसी आईसियुमा भर्ना, स्वास्थ्य अवस्था स्थिर

dr govinda kc

काठमाडौं, ४ माघ ।  राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सच्याउन माग गर्दै १६ औं अनसन बसिरहेका डाक्टर गोविन्द केसीलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । केसीलाई बिहिवार राती इलामबाट नाइटभिजन हेलिकप्टरमा ल्याएर त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पताल, महाराजगञ्जको आईसियुमा भर्ना गरिएको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार डाक्टर केसीको स्वास्थ्य स्थिर (स्टेवल) रहेको छ । केसीको रगतमा बिभिन्न तत्वको कमी समेत देखिएको जनाइएको छ ।

डाक्टर केसीलाई काठमाडौं ल्याउने पहल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना र त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा लगायतको टोली बिहिवार इलाम पुगेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);