प्रधानमन्त्री ओली अस्पताल भर्ना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

प्रधानमन्त्री ओली अस्पताल भर्ना

kp oli pm

काठमाडौँ, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । मुटुको नियमित स्वास्थ्य परीक्षणका क्रममा ओली अस्पताल भर्ना भएका हुन् । प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण प्रा डा अरुण सायमीको संयोजकत्वमा भइरहेको छ । प्रधानमन्त्रीको स्वास्थ्य स्थिति सामान्य रहेको शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. उत्तम कृष्ण श्रेष्ठले बताए ।

प्रधानमन्त्री ओलीले मुटुको परीक्षणका त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा गराएका छन् ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेपनि थप केही परीक्षण गर्नुपर्ने भएकाले उनलाई अब्जरभेशनमा राखिएको कार्यकारी निर्देशक प्रा.डा. उत्तम कृष्ण श्रेष्ठले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);