अहिले पनि द्वन्द्वकालकाे रिस बाँकी छ भने दण्डित गर्नुहोस् म तयार छु : बाबुराम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

अहिले पनि द्वन्द्वकालकाे रिस बाँकी छ भने दण्डित गर्नुहोस् म तयार छु : बाबुराम

काठमाडौं, २२ फागुन । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले तत्काल द्वन्द्व व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए । प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले द्वन्द्व व्यवस्थापन छिटो गर्नुको विकल्प नभएको बताएका हुन् ।

क्षमा गर र भुल भन्ने नीतिका साथ द्वन्द्वको व्यवस्थापन गरिनुपर्ने भन्दै उनले द्वन्द्व व्यवस्थापनका क्रममा आफु दण्डित हुन पनि तयार रहेको बताए । उनले भने ‘साँच्ची नै साथीहरुलाई अहिले पनि रिस बाँकी छ भने दण्डित गर्नुहोस् म दण्ड व्यहोर्न तयार छु । ‘

द्वन्द्व व्यवस्थापन समयमै हुन नसक्दा विकास र शान्तिको बाटोमा अवरोध श्रृजना भएको भन्दै उनले समयमै द्वन्द्व व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । उनले बिप्लव लगायत तराईका असन्तुष्ठ समुहसंग छलफल गरि समयमै माग सम्बोधन गर्नुपर्नेमा पनि जोड दिए ।

विकास र सम्मृद्धिका सपना समयमै पुरा गर्न नसके मुलुक फेरी द्वन्द्वमा फस्ने भन्दै उनले विप्लब समुहप्रति लक्षित गर्दै भने ‘उनीहरु अत्यन्तै गम्भीर ढंगले लागेका छन् । यदि हामीले बेलैमा विकास र सम्मृद्धिका सपना पुरा गर्न सकेनौ र हामीले जनतालाई शुशासन दिन सकेनौ भने त्यो ज्वाला फेरी दन्केर आउने खतरा म देख्छु । त्यो बाटो ठिक छैन तर उनीहरुले रक्तश्राप गरेर यो राज्यलाई कमजोर पार्ने सामथ्र्य राख्छन ।’

उनले संघीयतासंग असन्तुष्ट भएको पक्षसंग पनि समयमै छलफल र वार्ता गरेर समस्या सम्बोधन गरिनुपर्ने आवश्यकता औल्याए ।

पुर्वी तमोर देखि अरुण हुँदै पश्चिमको महाकालिसम्मको यात्रामा आफुले विकास र पुर्वाधारका कार्यक्रममा असन्तुलन देखको भन्दै उनले निर्वाचिन क्षेत्र र जिल्लालाई नभई राष्ट्रिय नीति बनाएर योजनावद्ध साथ विकास र पुर्वाधार निर्माणको काम गरिनुपर्ने बताए ।

उनले पश्चिम तर्फको झुलाघाटमा पक्कि पुल निर्माण गरि सिक्किम तर्फबाट १७ किलोमिटर बाटो जोड्न भारतसंग आग्रह गर्नुपर्नेमा सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

पहाडी जिल्लाहरुमा खानेपानीको समस्या देखिएकाले विस्तृत जल उपयोग तथा संरक्षण नीति बनाई खानेपानीको समस्या सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए । शिक्षा क्षेत्रमा पनि उनले आमुल परिर्वतन गर्नुपर्ने आवश्यकता औल्याए । उनले भने ‘शिक्षा क्षेत्रमा आमुल परिर्वतन पुरै सल्यक्रिया नगरेसम्म देखिँदैन ।’

विचारमा सुधारसंगै अन्तर्राष्ट्रिय भू राजनीतिलाई मध्यनजर गरि गतिशिल तटस्थताको परराष्ट्रनीति अवलम्बन गरि मुलुकको विकासतर्फ अघि बढ्नुपर्नेमा उनले जोड दिए । उनले कछुवा झै घर्सिने नभई वायुपंखी घोडा जस्तो उड्ने खालको नीति बनाउनुपर्नेमा जोड दिए ।

मध्यपहाडी लोकमार्ग अर्थात् पुष्पलाल लोकमार्ग निर्माणको गति पनि अपेक्षित ढंगले अघि बढ्न नसकेको भन्दै उनले ३१ मिटर दुवैतर्फ राख्ने कुराले अधिकांश पहाडी भेगका बस्ती सखाब हुने देखिएकाले सडक ऐनलाई संशोधन गरि यसलाई घटाउनुपर्ने आवश्यकता औल्याए ।

भ्रष्टाचारको जरो नै निर्वाचन बनेको भन्दै उनले राजनीतिक प्रणालीमा सुधारको आवश्यकता औल्याए । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली र पुर्ण समानुपातिक संसदको व्यवस्थातर्फ जानुपर्नेमा जोड दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);