चौंधरीलाई जन्मकैदको सजाय दिने निर्णयबिरुद्ध राजपाले आन्दोलन गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

चौंधरीलाई जन्मकैदको सजाय दिने निर्णयबिरुद्ध राजपाले आन्दोलन गर्ने

rajendra mahato

काठमाडौं, २२ फागुन । राष्ट्रिय जनता पार्टी, नेपालले पार्टीका सांसद रेशमलाल चौंधरीलाई जन्मकैदको सजाय तोक्ने जिल्ला अदालत कैलालीको फैसला मान्य नहुने चेतावनी दिएको छ ।

राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले जनताको प्रतिनिधिलाई जन्मकैदको सजाय दिने जिल्ला अदालत, कैलालीको फैसला मान्य नहुने चेतावनी दिएका हुन् ।  संघीय संसदभवनमा संचारकर्मीलाई प्रतिक्रिया दिदै उहाँले पार्टीका सांसद चौंधरीलाई जन्मकैदको सजाय दिने अदालतको सो फैसला अन्याय’ भएको दाबी गरे ।

महतोले फैसला विरुद्ध मुलुकमा विद्रोह सुरु गर्ने घोषणा पनि गरे । उनले चौंधरीलाई जन्मकैदको सजाय दिने निर्णयबिरुद्ध आन्दोलन गर्ने चेतावनी पनि दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);