'पूर्वडीआईजी कोइरालाको सजाय घटाउने सर्वाेच्चको फैसलाले गलत नजिर स्थापित गर्‍यो' | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

‘पूर्वडीआईजी कोइरालाको सजाय घटाउने सर्वाेच्चको फैसलाले गलत नजिर स्थापित गर्‍यो’

ranjan

काठमाडौं, ८ साउन । श्रीमतीको हत्या गरी सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका पूर्व डिआइजी रञ्जन कोइरालाको सजाय घटाउने सर्वाेच्चको फैसलाले गलत नजिर स्थापित गरेको पीडित परिवारले बताएको छ ।

सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका कोइराला प्रकरणमा सर्वोच्च अदालतले साढे ८ वर्ष मै पुरा हुने फैसला गरेपछि पीडित परिवारले यसबाट समाजमा राम्रो सन्देश प्रवाह नहुने बताएको हो ।

पूर्व डिआइजी कोइराला बिहीबार रिहा भएपछि पीडित गीता ढकालका बुवा हरेराम ढकालले फैसलाले समाजमा राम्रो सन्देश नदिने बताउनुभयो । मान्छे मारेको घटनामा जन्मकैद तोकिएका व्यक्तिलाई सर्वोच्च अदालतले नै ८ वर्षमा सजाय पुरा हुने फैसला गरेपछि समाजमा अपराध बढ्ने उहाँले बताउनुभयो ।

श्रीमतीको हत्या अभियोगमा जिल्ला अदालत काठमाडौंले रञ्जन कोइरालालाई २०७१ वैशाख ७ गते सर्वश्व सहित जन्मकैदको फैसला सुनाएको थियो । कोइरालाको पुनरावेदनमा उच्च अदालत पाटनले २०७२ मंसिर २३ गते जिल्लाकै फैसला सदर गरेको थियो ।

फेरी उनी सर्वोच्च पुगेका थिए । तर, सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर कार्कीको संयुक्त इजलासले पूर्व डिआइजी कोइरालालाई तोकिएको सर्वस्वसहितको जन्मकैद फैसला उल्ट्याएर साढे ११ वर्ष कैद मिनाहा गरेपछि उनी बिहीबार छुटेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);