पत्नीकाे हत्या गरेका पूर्वडीआइजी कोइराला कारागारमुक्त | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पत्नीकाे हत्या गरेका पूर्वडीआइजी कोइराला कारागारमुक्त

फाइल तस्बिर
काठमाडौं, ८ साउन । पत्नी गीता ढकालको हत्या गरेपछि कारावास सजाय भोगेका सशस्त्र प्रहरीको पूर्वप्रहरी नायव महानिरीक्षक (डीआइजी) रञ्जन कोइराला कारागारमुक्त भएका छन्।

डिल्लीबजार कारागारमा ८ वर्ष ६ महिना कैद भुक्तानपछि सर्वोच्च अदालतले दिएको आदेशअुनसार उनी बिहीबार कारागारमुक्त भएका हुन्।

यसअघि जिल्ला र पुनरावेदन अदालतले सुनाएको सर्वश्वससहितको जन्मकैदको फैसला कार्यान्वयन गर्दा कोइरालालाई चर्को पर्न सक्ने भन्दै सर्वोच्चले १५ असारमा सजाय घटाएको हो।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले सजाय घटाउने फैसला सुनाएको हो। कोइरालाले २०६८ माघमा पत्नी गीताको हत्या गरेका थिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);