अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऔं : डा.बाबुराम भट्टराई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऔं : डा.बाबुराम भट्टराई

Baburam-bhattrai-1

काठमाडौं, ९ साउन । जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ गएकाे बताउनुभएकाे छ । शुक्रबार बिहान ट्विट गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिदा गरेर नयाँ प्रधानमन्त्री चयन गर्न र प्रधानन्यायाधीशलाई महाभियोग लगाउँन सुझाव दिनुभएको छ ।

भट्टराईले लोकतान्त्रिक ढंगले संकटमोचन गर्न ५ वटा सुझाव सुझाव दिनुभएको छ । उहाँले लेख्नुभएको छ, ‘१.संसद अधिवेशन बोलाऊँ, २. केपी ओलीलाई बिदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गरौं, ३.अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ, भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गरौं, ५. प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऊँ!’

baburam tweet

गएको असार १५ गते सशस्त्र प्रहरीका पूर्वप्रहरी नायव महानिरीक्षक (डीआइजी) रञ्जन कोइरालाविरुद्दको मुद्दामा सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले ८ वर्ष ६ महिनाको फैसला सुनाएको थियो।

२०६८ सालमा पत्नी गीता ढकालको निर्मतापूर्वक हत्या गरेको अदालतबाट ठहर भएका कोइराला सर्वोच्चको आदेश बमोजिम बिहीबार कारागारमुक्त पनि भएका छन्। उनलाई जिल्ला र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो।