नेकपा संस्थापक नेता कर्माचार्यको सातौँ स्मृति दिवस मनाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

नेकपा संस्थापक नेता कर्माचार्यको सातौँ स्मृति दिवस मनाइयो

karmacharya

काठमाडौं, ९ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यको सातौँ स्मृति दिवस मनाइएको छ । शुक्रबार संस्थापक नेता कर्माचार्यको स्मृति दिवसका अवसरमा नेताहरुले उहाँले कम्युनिष्ट आन्दोलनमा पु¥याएको योगदानको स्मरण गरेका छन् ।

कर्माचार्यको बैचारिक दृढताले कम्युनिष्ट आन्दोलनमा देखापरेको संकट सम्बोधन गर्न सहयोग पुग्ने नेकपाका प्रमुख सचेतक देव प्रसाद गुरुङले बताउनुभयो । कम्युनिष्ट आन्दोलनमा पछिल्लो समय देखा परेको संकट र समस्याहरु सम्बोधनका लागि उहाँले दिएको बैचारिक दृढताले योगदान पुग्ने उहाँले बताउनुभयो ।

स्मृति दिवसका अवसरमा ललितपुरको कुम्भेश्वरमा पुगेर नेकपाका नेताहरुले कर्माचार्यको शालिकमा माल्यार्पण गरेका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरुले माल्यार्पण गर्नुभएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, देव गुरुङ लगायतका नेताहरुले कर्माचार्यको शालिकमा माल्यार्पण गर्न आज विहान कुम्भेश्वर पुगेका थिए ।