ओली सरकारलाई बिदाई गर्न ढिलाई गर्नु प्रतिपक्षको धर्म अनुकुल भएन : भट्टराई | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

ओली सरकारलाई बिदाई गर्न ढिलाई गर्नु प्रतिपक्षको धर्म अनुकुल भएन : भट्टराई

काठमाडौं, १२ चैत । जनता समाजवादी पार्टी नेपाल जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट बिदा प्रतिपक्षी दलले ढिलाइ गरेको टिप्पणी गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले बिहीबार ट्विीट गर्दै केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट बिदा गर्न प्रतिपक्षी दलले ढिला गरेको टिप्पणी गरेका हुन् । उनले बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दलले सरकारलाई निरन्तर खबरदारी गर्नु पर्ने तथा बैकल्पिक सरकार दिन र नयाँ निर्वाचनमा जान तयार रहुन पर्ने बताएका छन् ।

प्रतिनिधिसभा भंग गर्ने असंवैधानिक कदम चालेका प्रधानमन्त्री ओलीलाई सरकारमा रहन दिनु प्रतिपक्षीको धर्म अनुकुल नरहेको ट्विीटरमा उल्लेख गरेका छन् ।

अहिले भट्टराईको दल जसपा पनि प्रतिपक्षमा नै रहेको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेस र जसपा दुवै कुनै ठोस निर्णयमा पुग्न सकेको छैन ।

कांग्रेसमा सभापति देउवा पक्ष पर्ख र हेरको स्थितिमा छ । गएको मंगलबार त देउवाले कांग्रेस प्रतिपक्षी भएकाले सरकारमा नजाने र अविश्वास प्रस्ताव पनि नल्याउने बताएका छन् । भने कांगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेल भने जसरी भए पनि प्रधानमन्त्री ओलीलाई हटाउनु पर्ने अडानमा छन् ।

त्यसैगरी जसपामा पनि दुई धार देखिन थालेको छ भने नेकपा माओवादीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । जसले गर्दा सत्ता समीकरणको हिसाब अझै मिल्न सकेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);