रञ्जनको मुद्दामा सर्वोच्चमा पुनरावलोकन रिट निवेदन दायर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रञ्जनको मुद्दामा सर्वोच्चमा पुनरावलोकन रिट निवेदन दायर

ranjan

काठमाडौं, ८ साउन । पूर्वडीआइजी रञ्जन कोइरालाको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकन रिट निवेदन दायर भएको छ ।

सर्वोच्चको फैसला चित्त बुझ्दो नभएको भन्दै महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकनका लागि सर्वोच्चमा रिट निवेदन दायर गरेको हो। महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले रिट निवेदन केहीबेर अगाडि सर्वोच्चमा दायर गरिएको बताउनुभयो।

सर्वोच्चको फैसला चित्त नबुझेको अवस्थामा महान्यायाधीवक्ताको कार्यालयले फैसला भएको मितिले ६० दिनभित्रमा पुनरावलोकनका लागि रिट निवेदन दायर गर्न सक्ने कानुनी हद म्याद छ।

गएको असार १५ गते सशस्त्र प्रहरीका पूर्वप्रहरी नायव महानिरीक्षक (डीआइजी) रञ्जन कोइरालाविरुद्दको मुद्दामा सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले ८ वर्ष ६ महिनाको फैसला सुनाएको थियो।

२०६८ सालमा पत्नी गीता ढकालको निर्मतापूर्वक हत्या गरेको अदालतबाट ठहर भएका कोइराला सर्वोच्चको आदेश बमोजिम बिहीबार कारागारमुक्त पनि भएका छन्। उनलाई जिल्ला र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);