एयरलाइन्सहरू आन्तरिक उडानको तयारीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एयरलाइन्सहरू आन्तरिक उडानको तयारीमा

काठमाडौं, ८ साउन । सरकारले भदौ १ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुलाउने निर्णय गरेसँगै एयरलाइन्सहरूले आन्तरिक तयारी तीब्र पारेका छन् ।

बन्दाबन्दीअघिकै भाडामा सुरक्षित उडान भर्न एयरलाइन्सहरूले तयारी गरिरहेका हुन्। संक्रमणको जोखिम रहेकै अवस्थामा सञ्चालन हुने हवाई सेवालाई सुरक्षित बनाउन एयरलाइन्सहरू जुटेका हुन् ।

यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनुज रिमालले सम्पूर्ण सुरक्षाका उपाय अपनाउने हुनाले सुरक्षित यात्रा गर्न सकिने बताउनुभयो ।

‘यात्रुहरू ढुक्क भए हुन्छ कि, हामीले सुरक्षाका सबै उपायहरू अपनाएका छौं’, कार्यकारी अधिृकत रिमालले इमाउन्टेन टिभी डटकमसँग भन्नुभयो, ‘म आफैं पनि अवलोकन गरिरहेको छु र कोभिडको हिसाबले असुरक्षित अवस्था छैन।’

उडानका लागि यात्रुहरू अहिले एक घण्टा अगाडि विमानस्थल पुग्नुपर्ने, यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने र यात्रुको तापमान जाँच हुने प्रोटोकल बनिसकेको छ ।

कोरोनाको लक्षण देखिएमा यात्रा गर्न पाइने छैन । यस्तै, विमानभित्र यसअघि उपलब्ध सम्पूर्ण सेवाहरू निषेध गर्दै शौचालय प्रयोगमा पनि पूर्ण निषेध गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);