नेपाली आकाशमा हवाई यात्रा असुरक्षित बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नेपाली आकाशमा हवाई यात्रा असुरक्षित बन्दै

aeroplane

नरेन्द्र खनाल

काठमाडौं, २१ मंसिर । नेपालमा हवाई सेवाको इतिहास ७० वर्ष पुरानो भए पनि यसको विकास र विश्वासले खासै फड्को मार्न सकेको देखिंदैन । नेपाली आकासमा भएका धेरै हवाई दुर्घटनाले यात्रुको विश्वास जित्न नसकेको देखिन्छ भने युरोपेली देशहरुमा समेत उडान अनुमति पाउन सकेको छैन । नेपालमा जहाजको संख्या नै कम, त्यसमा पनि समयमै उडान नहुने पनि अर्काे समस्या देखिन्छ ।

हवाइ यातायात भरपर्दाे र सुरक्षित मानिए पनि नेपाली आकाशमा पछिल्लो समयमा हवाई यात्रा असुरक्षित बन्दै गएको छ । पहाडी धरातलको उडान, मौसमी परिवर्तन, प्रयाप्त सूचनाको लागि विमानस्थलमा आधुनिक उपकरणको अभाव र पुराना मोडेलका हवाई जहाजको कारणले पनि हवाई दुर्घटनाको घटनाहरु बढ्दै गएको जानकारहरु बताउँछन् ।

अहिलेसम्म नेपालमा साना ठूला गरी ८० बटा हवाई दुर्घटना हुँदा ८ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । प्राधिकरणको नियमअनुसार २० वर्षभन्दा पुराना जहाज आयात गर्न पाइँदैन । तर हामीकहाँ भने एउटा कम्पनीले अर्कोलाई बेचबिखन वा भाडामा दिएर पुराना जहाज पनि चलाउने गरेको पाइन्छ ।

तर नेपालमा हुने गरेका हवाई दुुर्घटनालाई जहिले पनि भौगोलिक जटिलताको नाममा मात्र सिमित राख्ने गरिन्छ । हवाई दुुर्घटना पश्चात छानबिन समिति पनि गठन गरिन्छ तर बिडम्बना नेपालमा हाल सम्म हवाई दुुर्घटना हेर्ने आधिकारिक छानबिन समिति पनि छैन ।

हालसम्म मन्त्रालयले ८४ कम्पनीलाई विभिन्न किसिमका वायुसेवा सञ्चालनको लागि अनुमति दिएको छ । अनुमति प्राप्त कम्पनीहरु मध्ये ३५ प्रतिशत मात्रले हवाई उडान गर्दै आएका छन् । त्यसैगरी आन्तरिक उडानतर्फ ९ वटा मात्र विमान सञ्चालनमा छन् ।

अर्कोतर्फ १८ वटा हेलिकप्टर कम्पनीले अनुमति पाएकोमा हाल पाँचवटाले मात्र उडान भर्दै आएका छन् । तर पनि नेपालको हवाई आकाश सोचे जति सुरक्षित हुन नसकेको स्वयंम पाइलटहरुको अनुभव छ । सरकारले पाईलटहरुलाई यथेस्ट तालिम र क्षमता बिकासमा सघाउन सके हवाई क्षति कम हुुन सक्ने पाईलटहरु बताउँछन् ।

आधुनिक हवाईजहाजहरुमा एक भन्दा धेरै ईन्जीनको प्रयोग हुने हँुुदा त्यति धेरै प्राबिधिक समस्याहरु आउंदैन । तर नेपाली आकासमा धेरै समयसम्म सिंगल इन्जिनका जहाजहरु चल्दा धेरै दुर्घटना भएको देखिन्छ ।

हाल सिंगल इन्जिनको जहाज उडाउन प्रतिबन्ध लगाइएको छ । हवाई ईन्जीनियरहरु नेपालको हवाई दुुर्घटना हुनुमा इन्जिनको समस्या भन्दा पनि मानविय त्रुटि नै ज्यादा हुने गरेको बताउँछन ।

नेपालका ध्वजाबाहक बिमानहरुलाई असुरक्षित ठान्दै युरापेली मुुलुकहरुमा उड्न प्रतिबन्ध लगाईएको लामो समय भइसकेको छ । यसले नेपालको बाह्य उडान विस्तारमा विश्वास जित्न सकेको छैन । बारम्बार हवाई दुर्घटना भएपछि नेपालको हवाई आकाशलाई असुुरक्षित ठानिएपछि सरकारी क्षेत्रबाट यसको क्षमता विकास गर्न सरकार लागि परेको नेपाल पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सह सचिव बुद्धि सागर लामिछानेले बताए ।

नेपालमा बारम्बार हुने हवाई दुर्घटनाले विश्व बजारमा नेपाली हवाई क्षेत्र असुरक्षित भएको आलोचना खेपिरहँदा नेपाली आकाश क्षेत्रलाई सुुरक्षित बनाउन पर्यटन तथा नागरिक उड्यन मन्त्रालय एंव नागरिक उड्यन प्राधिकरण निरन्तर सहकार्यमा जुुटेर प्रभावकारीरुपमा अगाडि बढ्नुु पर्ने आवश्यकता देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);