प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

pm oli hospital

काठमाडौं, १५ कात्तिक । स्वास्थ्यमा समस्या देखिएपछि गत बुधबार अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार साँझ डिस्चार्ज हुनु भएको छ । बिहीबार साँझ अस्पतालबाट डिस्चार्ज भएर ओली सरकारी निवास बालुवाटार जानु भएको छ ।

अस्पतालबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले आफू स्वस्थ रहेको बताउनु भयो । बालुवाटारमै चिकित्सकको निगरानिमा ओलीको थप उपचार गरिने छ । बुधबार बिहान नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुग्नुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्य जाँचका क्रममा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा रहँदा प्रधानमन्त्रीको दुई पटक डायलाइसिस गरिएको अस्पतालले जनाएको छ ।

बिहीबार साँझ प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे पत्रकार सम्मेलन गर्दै अस्पतालले गोपनियताका कारण स्वास्थ्य जाँचबारे सबैकुरा सार्वजनिक गर्न नमिल्ने जनाएको थियो । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे बुझ्न विहीबार मन्त्रीहरु, नेकपाका अध्यक्ष पुष्पकमल नेकपा नेता भीम रावल, नारायणकाजी श्रेष्ठ लगायत अस्पताल पुग्नुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);