कांग्रेस भ्रातृ संस्थाहरूको विधान : खुकुलो प्रतिस्पर्धा, बलियो नेतृत्व | ईमाउण्टेन समाचार

Our Network

चैत २४ २०८०, शनिबार

कांग्रेस भ्रातृ संस्थाहरूको विधान : खुकुलो प्रतिस्पर्धा, बलियो नेतृत्व

nepali congress

काठमाडौं, १५ कात्तिक । कांग्रेसका सबै भ्रातृ संस्थामा आन्तरिक प्रतिस्पर्धा खुकुलो बनाउँदै संगठनमा नेतृत्व बलियो बनाउने निर्णय पार्टीले लिएको छ। नेतृत्वलाई काम गर्न सहज हुने गरी संगठनका महत्वपूर्ण पदमा निश्चित संख्यामा मनोनयनको व्यवस्थासहित सबै भ्रातृ संस्थाको विधान परिमार्जन अन्तिम चरणमा पुगेको छ।

कांग्रेस केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा भ्रातृ संस्थाको विधान अध्ययन गरी सुझाव दिन गठित ७ सदस्यीय समितिले सबै भ्रातृ संस्थाको विधानमा एकरुपता ल्याउने गरी काम अन्तिम चरणमा पुर्‍याएको छ। तर मनोनयनको व्यवस्थाले पार्टीका व्यक्ति विशेषका भक्तहरू पर्नसक्ने आशंका पनि नेताहरूबीच फैलिएको छ। तर अधिकांश प्रावधान उपयोगी र वैज्ञानिक रहने बताइएको छ।

‘भ्रातृ संस्थाभित्र प्रतिस्पर्धात्मक बनाउने गरी विधान बनाइएको छ। कार्य सञ्चालन व्यवस्थापनका दृष्टिकोणले मनोनयनको प्रावधान गरिएको छ। दायित्व लिने सन्दर्भमा आन्तरिक प्रतिस्पर्धा खुकुलो बनाइएको छ,’ विधान सुझाव समितिका एक सदस्यले भने, ‘सबैले नेतृत्वमा दाबी गर्न सक्ने प्रावधान बनाइँदैछ। नेतृत्वलाई सहज हुने गरी, काम गर्न मिल्ने गरी निश्चित संख्यामा मनोनीतको व्यवस्था गरेका छौं।’ चुनिएर आएको नेतृत्वलाई काम गर्न सहज बनाउन मनोनयनको व्यवस्था गरिएको ती नेताले बताए।

१० वर्ष भ्रातृ संस्थाको सदस्यता लिएका व्यक्तिले संगठनको केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी दिन पाउने व्यवस्था विधानमा छ। एउटा भ्रातृ संस्थामा कार्यरतले अर्काेमा आबद्ध हुन नपाइने (दोहोरो जिम्मेवारी नपाउने) भएको छ भने त्यस्तै भ्रातृ संस्थामा दोहोरो सदस्यताको पनि अन्त्य गरिएको छ। अरु भ्रातृ संस्थाबाट आएर एकैपटक नेतृत्वमा चुनाव लड्न नपाइने भएको छ। एउटा भ्रातृ संस्थामा काम गरिरहेको व्यक्ति अर्काेमा आएर प्रतिस्पर्धा गर्न निश्चित समय काम गर्नुपर्ने व्यवस्था गर्न खोजेको छौं,’ समिति संयोजक साउदले भने, ‘मानौं, १० वर्ष कुनै संगठनमा काम गरेको भए त्यसलाई आधा मानेर उसले प्रतिस्पर्धा गर्न खोजेको संगठनमा थप पाँच वर्ष काम गर्नुपर्ने हुन्छ।’यो समाचार आजको अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);