कांग्रेस बैठकमा आज विगठित भातृ संस्था पुनर्गठनका विषयमा छलफल हुने | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

कांग्रेस बैठकमा आज विगठित भातृ संस्था पुनर्गठनका विषयमा छलफल हुने

nepali congress

काठमाडौं, ११ भदौ । असार २२ गतेदेखि जारी काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पुनः बस्दैछ । गत साउन २९ मा स्थगित बैठककै निरन्तरताको रूपमा पार्टी कार्यालय सानेपामा अहीले केहीबेरमा बैठक बस्न लागेको कांग्रेस नेताहरुले जानकारी दिएका छन् ।

बैठकमा विघठित भ्रातृ संस्थाको पुनर्गठन, नियमावली संशोधन, काँग्रेस र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी समायोजन, भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको विधान संशोधन, विधानअनुसार अवधि समाप्त भएका भ्रातृ संस्था र जनसम्पर्क समितिबारे आवश्यक निर्णय लिने विषयमा छलफल हुने जनाइएको छ ।

यसैगरी बैठकमा यही भदौ भदौ २४ गतेका लागि पूर्व निर्धारित दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका विषयमा पनि छलफल हुनेछ ।काग्रेसमा ८ महिनादेखि विघठित भातृ संगठन नेविसंघको विषय पेचिलो बनेको छ ।

नेविसंघको नेतृत्वमा आफू निकट विद्यार्थि नेता ल्याउन पार्टीका नेताहरुबीचको होडबाजीले अहिलेसम्म नेविसंघको बिषयमा निर्णय हुन सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);