काँग्रेस बैठक : नियमाबली र ‘लेबी’को विषयमा छलफल केन्द्रित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

काँग्रेस बैठक : नियमाबली र ‘लेबी’को विषयमा छलफल केन्द्रित

congress baithak

काठमाडौं, २९ असार । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा पार्टीको नियमाबली र ‘लेबी’को विषयमा छलफल केन्द्रित भइरहेको जनाइएको छ ।

आइतबार बसेको बैठकमा काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बैठक नियमावली संशोधन मस्यौदा समितिले पेश गरेको प्रतिवेदनमाथिको छलफलमा मात्रै केन्द्रित रहेको प्रष्टयाउनु भएको हो । उहाँले सो एजेन्डा पारित भएपछि मात्रै अन्य १३ वटा एजेन्डामा छलफल सुरु हुने पनि स्पष्ट पार्नु भयो ।

केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको पार्टी नियमावली मस्यौदा समितिले पार्टी नीति तथा सिद्धान्तविपरित सार्वजनिक रुपमा बोल्न नपाइने, भ्रातृ तथा शुभेच्छुक संगठन पार्टीमुखी हुने, हरेक तहका पार्टी पदाधिकारीले ‘लेबी’ तिर्नुपर्ने नियमावली प्रस्ताव गरेको छ ।

तर केन्द्रिय सदस्यहरुले भातृ संगठनहरुलाई नियन्त्रणमा राख्ने गरी नियमावलीमा प्रावधान आएको भन्दै आपत्ति जनाएका छन् । सो नियमावलीले लोकतान्त्रिक मूल्य र मान्यता विपरित पार्टीलाई नियन्त्रणमुखी बनाउन खोजेको विरष्ठ नेता रामचन्द्र पौडेल पक्षको आरोप छ ।

असार २२ गतेबसेको केन्द्रिय समितिको बैठकमा छलफलका लागि १४ वटा एजेण्डा प्रस्तुत गरिएपनि पनि सुरुवातमा नियमावलीमाथि छलफल केन्द्रित भएको हो । काँग्रेस बैठक केही दिन लम्बिने जनाइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);