कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंसिर २६ गते बस्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंसिर २६ गते बस्ने

nepal-congress

काठमाडौं, १८ मंसिर । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही मंसिर २६ गते बस्ने भएको छ । मंसिर १४ गते सम्पन्न उपनिर्वाचनको समीक्षा र समसामयिक राजनीतिका विषयमा छलफल गर्न कांग्रेसले २६ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा निश्चित एजेण्डामा नभई खुल्ला रुपमा छलफल हुने जनाइएको छ ।

चुनावको समीक्षा, सांगठनिक संरचना, समसामयिक राजनीति लगायत विषयमा बैठकमा खुल्ला छलफल हुने प्रवक्ता बिश्वप्रकार शर्माले जानकारी दिनुभयो ।

बैठकमा कांग्रेसको तेस्रो जागरण अभियान, भ्रातृ संस्था नेपाल विद्यार्थी संघको नेतृत्व चयन, म्याद गुज्रेका भ्रातृ संस्थाको महाधिवेशनका विषयमा पनि छलफल हुने जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);