प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार

kp oli

काठमाडौं, १८ मंसिर । एपेन्डिसाइटिसको शल्यक्रियापछि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।

गत मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गर्नुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारको क्रममा रहेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

बुधबार पार्टी कार्यालय धुम्बाराहीमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले मृगौला प्रत्यारोपणका सन्दर्भमा अहिले कुनै पनि निर्णय नभएको बताउनुभयो । मृगौलाको समस्या समाधानका लागि अहिले आवश्यकता अनुसार डायलासिसको प्रकृया जारी रहेको र त्यसपछिको उपचार प्रकृया के हुने भन्ने कुरा चिकित्सकहरुको सल्लाह अनुसार हुने उहाँले बताउनुभयो ।

स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीलाई गत मंगलबार ‘मनमोहन काडियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा’ भर्ना गरिएको थियो । उपचाररत प्रधानमन्त्री ओलीले आइसियुबाटै आइतबार १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन समारोह समेत हेर्नुभएको थियो । सोमबार ओलीले एक भिडियो सन्देश जारी गर्दै आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताउनुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);