नेकपाको सचिवालय बैठक सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

नेकपाको सचिवालय बैठक सम्पन्न

NEKAPA

काठमाडौं, १८ मंसिर । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक सम्पन्न भएको छ । पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी पुष्पकमल दाहालले पाएपछि पहिलो बैठक पार्टी कार्यालय धुम्बाराहीमा सम्पन्न भएको हो ।

बैठकमा उपनिर्वाचनको मतपरिणमबारे समीक्षा गरिएको छ । बैठकमा उपनिर्वाचनको सामान्य समीक्षा भएकाले विस्तृत रुपमा आगामी बैठकमा निष्कर्ष निकाल्ने बताइएको छ । बैठकले ३७ वटा जिल्ला कमिटीलाई उपनिर्वाचनको समीक्षा गरी प्रतिवेदन केन्द्रलाई बुझाउन निर्देशन समेत दिएको छ ।

साथै बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । अर्को बैठक मङ्सिर २३ गते बस्नेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);