सभामुख चयनमा राजनीतिक अड्चन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सभामुख चयनमा राजनीतिक अड्चन

khali kursi

नारायण काफ्ले

काठमाडौं, १८ मंसिर । संघीय संसदमा सभामुखको पद रिक्त भएको झण्डै २ महिना भएको छ । लामो समयसम्म सभामुख पद रिक्त भएपछि सभामुख नियुक्तिलाई लिएर संवैधानिक प्रश्न नै उठेको छ । सभामुख चयनको विषयलाई लिएर वर्तमान संवैधानिक व्यवस्थालाई सत्तारुढ र प्रतिपक्षी दलहरुले आफु अनुकुल व्याख्या गरिरहेका छन् । दलीय स्वार्थमा कानुनको व्याख्या गरिंदा सभामुख चयनमा राजनीतिक अड्चन देखिएको छ ।

संविधानको धारा ९१ ले प्रतिनिधि सभाको सभामुख तथा उपसभामुखको बारेमा व्यवस्था गरेको छ । धारा ९१ को उपधारा ४ मा सभामुखको अनुपस्थितिमा उपसभामुखले बैठकको अध्यक्षता गर्ने प्रावधान छ । अहिलेको अवस्थामा पनि सभामुखको अनुपस्थिति नै हो । कानुनमा उपसभामुख पदमा नै बहाल रहेर सभामुख बन्ने व्यवस्था छैन ।

यस्तो अवस्थामा अहिलेका उपसभामुखललाई नै सभामुख बनाउने कि अर्काे व्यक्तिलाई उपसभामुख बनाउने भन्ने चर्चा छ । अहिलेका उपसभामुखलाई सभामुख बनाउने हो भने त्यसको प्रक्रिया के ? सभामुख नभएका बेलामा उपसभामुखले पनि राजिनामा दिएर पद रिक्त गर्न हुने के नहुने भन्ने प्रश्न अहिले बहसको विषय भैरहेको छ । सत्तारुढ दल भने उपसभामुखलाई यहि अवस्था राजीनामा दिन लगाउने तयारीमा छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भने उपसभामुखले अहिले राजिनामा दिने नै ठाउँ नभएको धारणा राख्दै आएको छ । सभामुखको अनुपस्थितिमा सदन चलाउने कोर टिम सभामुख नभएकेले त्यहाँ राजिनामा दिन नमिल्ने तर्क कांग्रेसको छ ।

नेपालको संविधानले राजिनामा दिन नपाउने समय भनेर व्यवस्था गरेको छैन । अमुक पदको अभिलाषाले भैरहेको पद खाली गर्नु नैतिक प्रश्न भएको कानुनविद्हरु बताउछन् ।

संसदमा भएके बहुमतको आधारमा सभामुख पद नेकपाले दावी गर्नु स्वभाविक हो । तर संसदको निर्वाचित नेतृत्वलाई हटाएर रिक्त बनाउन उपयुक्त हुने कि नहुने ? अहिले कानुनी प्रश्न उठेको छ । लामो समय सभामुख पद रिक्त हुँदा धेरै विधेयकहरु अड्किएको अवस्था छ । संसदीय समितिहरु पनि अहिले अन्यौलमा जस्तो देखिन्छ । यस्तो अवस्थामा सभामुख चयनको निकास छिटो खोजिनुपर्ने सरोकारवालाको सुझाव छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);