अस्पतालबाट प्रधानमन्त्रीको भिडियो सन्देश - 'मेराे स्वास्थ्य सुधार हुँदै छ' | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

अस्पतालबाट प्रधानमन्त्रीको भिडियो सन्देश – ‘मेराे स्वास्थ्य सुधार हुँदै छ’

pm oli

काठमाडौं, १६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै आफू स्वस्थ रहेको जानकारी दिनुभएको छ । महाराजगञ्जस्थित त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीले सोमबार भिडियो सन्देशमार्फत आफ्नो स्वास्थ्य सुधार हुँदै गएको जानकारी दिनुभएको हो ।

प्रधानमन्त्री ओलीको यही मंसिर १० गते एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । प्रधानमन्त्री ओलीको सघन कक्षमा उपचार भइरहेको छ। ओलीले भिडियो सन्देशमा एउटा मेजर अप्रेशन पछि आफू बोल्न, हिडडुल गर्न र साथीहरुसंग कुरागर्न सक्ने भएको बताउनुभएको छ । उहाँले आफनो स्वास्थ्यमा राम्ररी सुधार भइरहेको भन्दै आफूले १३ औं दक्षिण एशियाली खेलकुद सागको उद्घाटन समारोह पनि हेरेको उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले ‘एपेण्डीसाइटिस’ भनेको कसैलाई समय र सूचना दिएर आउने रोग नभएको र आफूलाई पनि अप्रत्यासित रुपमा त्यसैगरी आइलागेको बताउनुभएको छ । भिडियो सन्देशमा प्रधानमन्त्री ओलीले १३ औं ‘साग’हुन सक्छ कि सक्दैन भन्ने दुविधा समाप्त भएकामा खुसी लागेको उल्लेख गर्नुभएको छ । उहाँले मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन नेपाली खेलाडीहरु र सार्क क्षेत्रका खेलाडीहरु, आग्रह समेत गर्नुभएको छ ।

यसैगरी प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकले पनि प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको बताएका छन । सेन्टरका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर उत्तमकृष्ण श्रेष्ठले सोमवार विज्ञप्ति जारी गर्दै सघन उपचारको सम्पूर्ण व्यवस्था सहित निरन्तर निगरानीमा राखी उपचार भइरहेको उल्लेख गर्नुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);