प्रधानमन्त्री ओली र मन्त्रीबीच दोस्रोपटक भिडियो कन्फ्रेन्स | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रधानमन्त्री ओली र मन्त्रीबीच दोस्रोपटक भिडियो कन्फ्रेन्स

काठमाडौं, १७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पनि भिडियो कन्फ्रेन्समार्फत् मन्त्रीहरुसँग छलफल गर्नु भएको छ ।

मृगौलाको उपचार गर्न सिंगापुरमा रहनुभएका प्रधानमन्त्री ओलीले दोस्रो पटक पनि भिडियो कन्फ्रेन्समार्फत् मन्त्रीहरुसँग मन्त्रालयका काम कार्वाहीबारे आवश्यक छलफल गर्नु भएको हो ।

प्रधानमन्त्रीले छलफलको क्रममा मन्त्रालयको काम कार्वाहीमा देखिएको समस्या समाधानका लागि आवश्यक निर्देशन पनि दिनु भएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिनु भयो।

छलफलका क्रममा प्रधानमन्त्री ओलीले सबै मन्त्रालयको कामकार्वाहीको बारेमा जानकारी लिनु भएको थियो । त्यस क्रममा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य राम्रो रहेको पनि बताउनु भएको थियो ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको र उहाँ आगामी शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको पनि सरकारका प्रवक्ता बास्कोटाले पुष्टि गर्नु भयो ।

मृगौलाको उपचारका लागि सिंगापुर रहनु भएका प्रधानमन्त्री ओलीले यस अघि पनि भिडियो कन्फ्रेन्समार्फत् मन्त्रीपरिषदका सदस्यहरुसँग छलफल गर्नु भएको थियो । यस अघि प्रधानमन्त्री ओलीले नेकपा संसदीय दलका कार्यबहाक नेता सुवाष नेम्वाङसँग पनि टेलिफोन संवाद गरी आफ्नो स्वास्थ्य राम्रो रहेको सन्देश दिनु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);