भिडियो कन्फ्ररेन्स प्रविधिको उच्चतम प्रयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भिडियो कन्फ्ररेन्स प्रविधिको उच्चतम प्रयोग

gokul

काठमाडौं, ११ भदौ । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गापुरबाट भिडियो कन्फरेन्समार्फत सरकारका मन्त्रीसँग छलफल र अन्तरक्र्रिया गर्नु स्वाभाविक भएको स्पष्ट गरेको छ । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सिङ्गापुरमा उपचार गराइरहनुभएका प्रधानमन्त्री ओलीले सोमबार मन्त्रीहरुसँग गर्नुभएको अन्तरक्रियामा नयाँ प्रविधिको प्रयोग भएको र यसलाई अन्य व्याख्या विश्लेषण गर्न जरुरी नभएको बताउनुभयो ।

प्रवक्ता बाँस्कोटाले भिडियो कन्फ्रेन्सलाई लिएर जसले यो विषय उठाए पनि त्यो गलत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कसले यो विषय उठायो थाहा भएन, पार्टीभित्रका वा बाहिरका जसले उठाएको भए पनि यो सरासर गलत कुरा हो ।” राष्ट्रिय समाचार समिति (रासस)सँग आज कुरा गर्दै उहाँले भन्नुभयो, “सार्वभौमसत्तासम्पन्न जनताले चुनेको प्रधानमन्त्री विदेशी नागरिकता बोकेर गएका होइनन् । केही समयका निम्ति उहाँ उपचारका लागि जानुभएको हो । यसमा सर्वभौमसत्ताको प्रश्न आउँदैन । प्रविधिको प्रयोग गर्ने विषय हामीबाट असुरक्षित हुँदैन । केवल प्रविधिको प्रयोग मात्रै गरिएको हो ।

यसअघि मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री स्वदेश वा विदेशमा रहेका बेलासमेत भिडियो कन्फ्ररेन्सलगायत सूचना प्रविधिको प्रयोग गरी मन्त्रिपरिषद्का सदस्यसँग अन्तरक्र्रिया गर्न सक्ने निर्णय गरेको थियो । उहाँले प्रविधिको प्रयोगको विषयलाई लिएर खोक्रो राष्ट्रवादको दुन्दुभी नबजाउन र आफ्ना सबै असन्तुष्टिलाई खोक्रो राष्ट्रवादको जामा लगाएर नउफ्रन समेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “यस्ता कुरामा कुनै तुक छैन ।”  यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);