तिब्बत हुँदै हुम्लामा खाद्यान्न | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

तिब्बत हुँदै हुम्लामा खाद्यान्न

khadyanna apug

काठमाडौं, ११ भदौ । हुम्लाका लागि पठाइने खाद्यान्नको मूल्य सस्तो पर्ने भएकाले काठमाडौंबाट पहिलोपल्ट केरुङ नाका र तिब्बती भूमि हुँदै ढुवानी सुरु गरिएको छ ।

यो मार्गबाट ल्याएको चामल जिल्लाको यालबाङसम्म आइपुग्दा प्रतिकेजी ४२ रुपैयाँ र त्यहाँबाट सदरमुकाम सिमकोटसम्म ल्याउन गाडी र खच्चड ढुवानी खर्च ४३ रुपैयाँ गरी प्रतिकेजी ८५ रुपैयाँ मात्र पर्ने भएको छ । यो मूल्य विगतमा नेपालगन्ज हुँदै सिमकोट ल्याइपुर्‍याउँदाको भन्दा २८ रुपैयाँ कम हो ।

नेपाल खाद्य संस्थान हुम्ला शाखाका कर्मचारी सुरेन्द्र पोख्रेलका अनुसार यसअघि सुर्खेत हुँदै ल्याउँदा प्रतिकेजी १ सय ५ रुपैयाँ र नेपालगन्ज हुँदै ल्याउँदा १ सय १३ रुपैयाँ पर्ने गरेको थियो । काठमाडौंबाट पठाइएको खाद्यान्न अहिले केरुङ नाका आइपुगेको छ । केरुङबाट तिब्बती भूमि हुँदै दुई दिनमा हुम्ला आइपुग्ने नेपाल खाद्य संस्थानले जनाएको छ । काठमाडौंबाट केरुङ नाका र तिब्बत भएर हुम्लासम्म खाद्यान्न आइपुग्न करिब ६ दिन लाग्छ । तिब्बती भूमिमा मात्र दुई दिन समय लाग्नेछ ।

अघिल्लो वर्ष संस्थानले हुम्लाका लागि ५ हजार ५ सय ५० क्विन्टल चामलको कोटा थपेको थियो । सोही चामल हुम्ला पुर्‍याउन तिब्बतको स्थलमार्ग प्रयोग गरिएको संस्थानका सिमकोट शाखा प्रमुख रामबहादुर विष्टले बताए । ‘चामल केरुङ आइपुगेको छ, अब दुई/तीन दिनमै हुम्ला पुर्‍याइनेछ,’ उनले टेलिफोनमा भने, ‘तिब्बती बाटोबाट ढुवानी गर्न प्रक्रियागत जटिलता भए पनि आर्थिक रूपमा सस्तो हुने भएकाले यो मार्ग प्रयोग गरिएको हो ।’ तिब्बती मार्ग भएर आएको खाद्यान्न हिल्सा पुर्‍याइएपछि त्यहाँबाट सदरमुकाम सिमकोट र नाम्खा गाउँपालिकाको यालबाङ वितरण केन्द्रमा पठाइनेछ । ४ हजार क्विन्टल सिमकोट र बाँकी यालबाङमा वितरण गरिने संस्थानका शाखा प्रमुख विष्टले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);