सिमेन्ट–डन्डीमा मनोमानी , एक महिनामै १७ प्रतिशतसम्म मूल्यवृद्धि | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

सिमेन्ट–डन्डीमा मनोमानी , एक महिनामै १७ प्रतिशतसम्म मूल्यवृद्धि

chad

प्रेमबहादुर चन्द

काठमाडौं, ९ माघ । सिमेन्ट र डन्डी उद्योगले बिनाकारण आफूखुसी अस्वाभाविक मूल्यवृद्धि गर्दै उपभोक्तामाथि चरम ठगी सुरु गरेका छन् । उद्योगीहरूले विभिन्न बहानामा एक महिनामै १७ प्रतिशतसम्म सिमेन्टको मूल्य वृद्धि गरेको पाइएको हो । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनबाट सिमेन्ट उद्योगीहरूको यस्तो ठगी बाहिर आएको हो ।

आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक कुमारप्रसाद दाहालले सिमेन्ट ढुवानीको भाडा बढेको निहुँमा उद्योगीले सिमेन्टको अस्वाभाविक मूल्य वृद्धि गरेको बताए । उनका अनुसार ढुवानी भाडा नजोड्दै मूल्य वृद्धि गरिएकाले उपभोक्तामाथि ठगी भइरहेको बताए ।

भूकम्पपीडितहरूले घर निर्माण गरिरहेको मौका छोपेर उद्योगीहरूले ब्रह्मलुट मच्याउन खोजेको उनको भनाइ छ । ‘उनीहरूले ढुवानी भाडा नजोडीकनै मूल्य बढाएछन्,’ उनले भने, ‘भूकम्पपीडितले घर निर्माण गर्ने समयको मौका छोपेर मूल्य वृद्धि गरेको देखिएको छ । यो भूकम्पपीडितमाथि ठगी हो ।’ उनका अनुसार सिमेन्टसँगै डन्डी उद्योगले पनि आफूखुसी मूल्य वृद्धि गरी उपभोक्तामाथि भार थपिरहेका छन् ।

एक साताको मूल्यान्तर
मंसिर अन्तिम साता पुस पहिलो साता

(प्रतिबोरा)      (प्रतिबोरा)

मारुती ७८०      ८३०

निर्माण ६४०     ७२०

शिवम् ७९०        ९१०

हेटौंडा ७९५        ८९८

शालिमार ओपीसी ७५०     ८७०

अम्बे ६५०               ७६०

डन्डी (प्रतिकेजी)         (प्रतिकेजी)

हामा ७८                        ८४.८

शाख ७८.६                       ८२.३

जगदम्बा ८०.२                 ८५.९

विभागका अनुसार सिमेन्ड र डन्डी उद्योग १५ दिनको अवधिमा ५ पटकसम्म मूल्य वृद्धि गरेका छन् । विभागका अनुसार डन्डी उत्पादकले एक महिनाको अवधिमा मात्र साढे ८ प्रतिशतसम्म मूल्य बढाएका छन् । मारुती, निर्माण, अग्नि, शिवम्, हेटौंडा, शालिमार ओपीसी र अम्बे सिमेन्ट उद्योगले सिमेन्टको मूल्य प्रतिबोरा ७ प्रतिशतदेखि १७ प्रतिशतसम्म बढाएका छन् ।

मंसिर अन्तिम साता प्रतिबोरा ७ सय ८० रुपैयाँ पर्ने मारुती सिमेन्टको मूल्य करिब ७ प्रतिशतले वृद्धि हुँदै प्रतिबोरा ८ सय ३० रुपैयाँ पुगेको छ । सोही अवधिमा ६ सय ४० रुपैयाँ प्रतिबोरा मूल्यको निर्माण सिमेन्टको मूल्य साढे १२ प्रतिशतले वृद्धि भएर ७ सय २० रुपैयाँ प्रतिबोरा पुगेको छ ।

प्रतिबोरा ६ सय ५५ रुपैयाँमा बिक्री भइरहेको अग्नि सिमेन्टको मूल्य साढे १० प्रतिशतले वृद्धि हुँदै ७ सय २४ रुपैयाँ प्रतिबोरा पुगेको छ । त्यस्तै, शिवम् सिमेन्टको मूल्य १५ दशमलव २ प्रतिशतले वृद्धि हुँदै ९ सय १० रुपैयाँ प्रतिबोरा पुगेको छ ।

मंसिरको अन्तिम साता शिवम् सिमेन्टको मूल्य प्रतिबोरा ७ सय ९० रुपैयाँ थियो । त्यस्तै, हेटौडा सिमेन्टले सोही अवधिमा करिब १३ प्रतिशतले मूल्य बढाएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको अनुमगन प्रतिवेदनमा उल्लेख छ ।

मंसिर अन्तिम साता प्रतिबोरा ७ सय ९५ रुपैयाँ मूल्यको हेटौंडा सिमेन्टको मूल्य करिब ९ सय रुपैयाँ पुगेको छ । त्यस्तै, सोही अवधिमा शालिमार ओपीसी सिमेन्टको मूल्य १६ प्रतिशतले वृद्धि भएको पाइएको छ । मंसिर अन्तिम साता ७ सय ५० रुपैयाँ प्रतिबोरा पर्ने सो सिमेन्टको मूल्य वृद्धि भएपछि ८ सय ७० रुपैयाँ प्रतिबोरा पुगेको छ ।

त्यसैगरी, अम्बे सिमेन्टको मूल्य १७ प्रतिशतले वृद्धि हुँदै ७ सय ६० रुपैयाँ प्रतिबोरा पुगेको छ । यसअघि अम्बे सिमेन्टको मूल्य प्रतिबोरा ६ सय ५० रुपैयाँ थियो ।

हामा डन्डी उद्योगले ८ दशमलव ७ प्रतिशतले मूल्य वृद्धि गर्दै प्रतिकेजी ७८ रुपैयाँबाट प्रतिकेजी ८५ रुपैयाँ ८० पैसा पु¥याएको छ । त्यस्तै, शाख डन्डी उद्योगले प्रतिकेजी ७८ रुपैयाँ ६० पैसाबाट मूल्य वृद्धि गर्दै प्रतिकेजी ८२ रुपैयाँ ३० पैसा पु¥याएको छ ।

जगदम्बा डन्डी उद्योगले ७ प्रतिशतले मूल्य वृद्धि गर्दै प्रतिकेजी ८० रुपैयाँ २० पैसाबाट ८५ रुपैयाँ ९० पैसा पु¥याएको छ ।

आपूर्ति विभागका अनुसार इन्धनको मूल्य बढेको बहानामा ढुवानी व्यवसायीहरूले ५ देखि १८ प्रतिशतसम्म ढुवानी भाडामा वृद्धि गरेका छन् । जब कि, इन्धनको मूल्य गत मंसिरपछि प्रतिलिटर एकदेखि दुई रुपैयाँ बढेको छ ।

ढुवानी व्यवसायीले वृद्धि गरेको भाडासँग तुलना गर्दा पनि प्रतिबोरा २० रुपैयाँसम्म मात्र मूल्यवृद्धि हुने विभागको भनाइ छ । व्यवसायीले अन्तर्राष्ट्रिय बजारमा क्लिंकरको मूल्य बढेको भन्दै मूल्य बढाए पनि क्लिंकर आफैं उत्पादन गर्ने सिमेन्ट उद्योगले समेत मूल्य मनोमानी रूपमा वृद्धि गरेको प्रतिवेदनमा उल्लेख छ । ढुवानी भाडा बढेका कारण २० रुपैयाँसम्म प्रतिबोरा सिमेन्टको मूल्य बढे पनि प्रतिबोरा १ सय २० रुपैयाँसम्म सिमेन्टको मूल्य वृद्धि भएको विभागको निष्कर्ष छ ।

सिमेन्ट उद्योग संघका अध्यक्ष ध्रुव थापाले अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि भएको र ढुवानी भाडासमेत बढेकाले सिमेन्टको मूल्य वृद्धि भएको बताए । उनले भारतमा कोइला तथा क्लिंकरको मूल्य बढेको र भैरहवादेखि काठमाडौंसम्मको ढुवानी भाडा ४५ रुपैयाँसम्म बढेका कारण सिमेन्टको मूल्य बढेको बताए । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सिमेन्ट उद्योगीहरूले सिमेन्टको मूल्य बढाएर भूकम्पपीडितहरूमाथि खेलवाड गरेको बताए ।घर निर्माणको कार्य चलिरहेका बेला सिमेन्ट उद्योगीहरूले १५ दिनमै ५ पटकसम्म अस्वाभाविक मूल्य बढाएर ६ लाख भूकम्पपीडित परिवारमाथि खेलवाड गरेको उनको दाबी छ ।

‘१५ दिनको अवधिमा पाँच पटकसम्म मूल्य वृद्धि गर्नु उद्योगीहरूको बदमासी हो,’ उनले भने, ‘सिमेन्ट र डन्डीमा व्यापक कार्टेलिङ भइरहेकाले पछिल्लो समय भएको मूल्यवृद्धि तत्काल फिर्ता गर्नुपर्छ ।’आजको राजधानी दैनिकमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);