मूल्य बढाएर आलोचित भएका सिमेन्ट उद्योगहरुले सिमेन्टको मूल्य घटाए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

मूल्य बढाएर आलोचित भएका सिमेन्ट उद्योगहरुले सिमेन्टको मूल्य घटाए

cement

काठमाडौं, ११ माघ । पछिल्लो समय मूल्य बढाएर आलोचित भएका सिमेन्ट उद्योगहरुले सिमेन्टको मूल्य घटाएका छन् । पछिल्ला दिनमा उत्पादन बढेको र मागमा कमी आएकाले उद्योगहरुले सिमेन्टको मूल्य घटाएका हुन् ।

त्यसैगरी भारतबाट आउने कच्चा पर्दाथको आयातमा वृद्धि भएकाले पनि उद्योगहरुले सिमेन्टको मूल्य घटाएका हुन् । जगदम्बा सिमेन्टको ओपीसी र पीपीसी सिमेन्ट दुवैमा समान रुपमा २० रुपैयाँ मूल्य घटेको हो । कम्पनीले पीपीसी सिमेन्टमा एक साता अघिदेखि मूल्य घटाएको थियो भने ओपीसीमा बुधबारदेखि मूल्य घटाइएको छ ।

अर्घाखाँची सिमेन्टले पनि प्रतिबोरा २० रुपैयाँले मूल्य घटाएको छ । पछिल्लो समय सिमेन्ट उद्योगहरुले अप्रत्यासित रुपमा बढाएको मूल्यको चौतर्फी विरोध भएको थियो । पछिल्लो समय भारतबाट आयात हुने कच्चा पर्दाथ कम भित्रिएकाले उत्पादन कम भएर प्रतिबोरा दुई सय रुपैयाँसम्म मूल्य बढेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);