भूकम्प पीडितले घर बनाउन दोश्रो किस्ता नपाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

भूकम्प पीडितले घर बनाउन दोश्रो किस्ता नपाउने

vukampa pidit

काठमाडौं, ११ माघ । तीन लाख भन्दा बढि भूकम्प पीडितले घर बनाउन दोश्रो किस्ता नपाउने भएका छन् । २०७३ पुस मसान्त अघि पहिलो किस्ता लिएका भूकम्प पीडितले २०७४ पुस मसान्त अघि दोश्रो किस्ताका लागि आवेदन दिनै पर्ने व्यवस्थाका कारण तीन लाख भन्दा बढि भूकम्प पीडित दोश्रो किस्ता पाउनबाट बञ्चित भएका हन् ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणको २०७४ कात्तिक २९ गते बसेको प्रधानमन्त्री नेतृत्वको निर्देशक समिति बैठकले पुस मसान्त भित्रै दोश्रो किस्ताका लागि आवेदन नदिए प्रक्रियाबाटै बाहिरिनुपर्ने निर्णय गरेको थियो । २०७३ पुस मसान्त अघि ५ लाख भन्दा बढि भूकम्प पीडितले पहिलो किस्ता रकम लिईसकेका थिए । हाल पहिलो किस्ता लिनेहरुको संख्या ६ लाख ६९ हजार ५ सय ४२ पुगेको छ ।

हालसम्म करिब एक लाख ५० हजार भूकम्प पीडितले मात्रै दोस्रो किस्ता लिएका छन् । करिब ५० हजार ७ सय ९८ भूकम्प पीडितले दोस्रो किस्ता पाएका छन् । दोस्रो किस्ताका लागि आवेदन दिनेहरुको संख्या २ लाख २० हजार ३ सय ९५ रहेको छ । प्राधिकरणको सो निर्णय नसच्चिए तीन लाख भन्दा बढि भूकम्प पीडितले घर बनाउन दोस्रो किस्ता पाउने छैनन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);