सी–आस्बा प्रणाली अनिवार्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सी–आस्बा प्रणाली अनिवार्य

aaswa firm

काठमाडौं, ११ माघ । आस्वा प्रणालीलाई थप व्यवस्थित बनाउने उद्देश्यले सी–आस्बा प्रणाली अनिवार्य गरिएको छ । सिडिएस एण्ड क्यिरिङ् लिमिटेडले मंगलवारदेखिनै पूर्ण रूपमा लागू हुने गरी यो प्रणाली अनिवार्य गरेको हो ।

यस प्रणालीको प्रयोगले धितोपत्रको खरिद आवेदकको हितग्राही खाता आवेदन पूर्व नै रूजु हुने हुँदा कुनै पनि आवेदक हितग्राही खाता नमिलेको कारणले बाँडफाँटबाट बन्चित हुनु नपर्ने सिडिएसको विश्वास छ । सी–आस्बा एक पटक दर्ता भैसकेका लगानिकर्ताले मेरो शेयर सेवामार्फत घरमै बसेर इण्टरनेटको माध्यमबाट खरिद आवेदन दिने व्यवस्था छ । यस प्रणाली लागूसँगै सम्पूर्ण बैंक तथा वित्तीय संस्थामा प्राप्त भएका आवेदन सम्बन्धी विवरण निष्कासन तथा विक्री प्रबन्धकलाई सफ्टवेयरमार्फत सोझै प्राप्त हुने हुदा बाँडफाँटको अवधि कम हुनेछ ।

यसबाट धितोपत्र सूचीकरण समयमै भई लगानीकर्ताले छोटो समयमा प्रतिफल पाउने बोर्डको अपेक्षा रहेको छ । हाल २५ बैंक तथा वित्तीय संस्थाबाट यो सेवा प्रदान भैरहेको सिडिएसले जानकारी दिएको छ । यी बाहेक अन्य सबै बैंक तथा वित्तीय संस्थाले पनि यो सेवा सञ्चालन गर्नुपर्नेछ । सिडिएसले सी–आस्बा प्रणाली लागू गर्नुअघि धितोपत्रको सार्वजनिक निष्कासनको केन्द्रिकृत विद्युतिय सेवा सम्बन्धी कार्य सञ्चालन निर्देशिका, २०७४ तयार गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);